बाके बन्द : तोडफोड (फोटा सहित)

बाके बन्द : तोडफोड (फोटा सहित)

तरुण बाँकेले आव्हान गरेको बन्दका क्रममा दुई वटा मोटरसाइकल तोडफोड गरिएको छ ।
युवा संघका केन्द्रीय सदस्य एवं बाँके जिल्ला इन्चार्ज सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार घटनामा अनुसन्धानका लागि पक्राउ परेका तरुण दल क्षेत्र नं. १ का सभापति दिगविजय जंग राणालाई छुटाउन आज आइतबार बाँके बन्द गरेका हुन् ।
तरुण बाँकेले शनिबार एक विज्ञप्ति जारी गरी राणालाई प्रहरीले फसाउन खोजेको भन्दै दबाबका लागि बन्द आव्हान गरेको हो । बन्दका कारण नेपालगन्जमा यातायातका साधन नचलेपछि पसल, व्यवसाय आंशिक रुपमा चलेका छन् । बन्दको जानकारी नै नदिइ जबर्जस्ती बन्द गर्न खोजेको व्यवसायीहरुले बताएका छन् । बन्दका कारण कोहलपुर भने ठप्पै रहेको छ । कोहलपुरमा पसल व्यवसाय यातायात ठप्प रहेको छ ।15941867_1271154686283296_1584473202_n

15935828_1271154742949957_1767124602_n

15970473_1835547390001253_42757457_n

प्रतिक्रिया