बालबालिका बिरुद्द हुने हिँसा न्युनीकरण लागि प्रहरीको भुमिका

          |   प्रकाशित मितिः आइतवार, माघ ९, २०७३     ::: 1232 पटक पढिएको   |  

Bale BKप्रहरी भनेको कानुनको कार्यान्वयन गर्दै समाजमा शान्तिसुरक्षा स्थापनाको लागि क्रियाशील राज्यको एउटा महङ्खवपूर्ण निकाय हो । नेपाल प्रहरी समाजमा हुने गरेका अपराधको नियन्त्रण गरी जनताको जीउधनको सुरक्षाको लागि तल्लीन भएर रात दिन क्रियाशील रहन्छ । नेपालको कानुनले समेत समाजमा बालबालिकाविरुद्ध हुने हिंसा, यौनजन्य दूव्र्यवहारको रोकथाम र घटित अपराधको अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई दिएको छ । यसर्थ गाउँटोल तथा समाजमा हुने बालहिंसा तथा दूव्र्यवहारको घटना न्यूनीकरण गर्न तथा घटना भएमा पीडकलाई कानुनी दायरामा ल्याउने कार्यमा प्रहरीको महङ्खवपूर्ण भूमिका रहन्छ । कानुनले दिएको जिम्मेवारी पुरा गर्नको लागि मानव संसाधनको क्षमता अभिवृद्धिका साथै यस जिम्मेवारीलाई समयसापेक्ष पुरा गर्नका लागि सोअनुरुप सङ्गठन चुस्तदुरूस्त पनि हुनुपर्दछ ।
महिला तथा लैङ्गिक हिंसाविरुद्धको अपराधबारे चौतर्फीरुपमा आवाजहरु उठिरहेको सन्दर्भमा नेपाल प्रहरी सङ्गठनले ऐतिहासिक रुपमा नेपाल प्रहरीको लैङ्गिक नीति, २०६९ तयार गरी कार्यान्वयनमा ल्याएको छ । हिंसाजन्य क्रियाकलापविरुद्ध समाजमा सचेतना फैलाउँदै न्यूनीकरणका लागि स्थानीयस्तरमा प्रत्यक्षरुपमा सहकार्य तथा अन्तत्र्रिmया गर्न महिला प्रहरीहरुलाई अधिकतम सहभागी गराउने नेपाल प्रहरीको नीति छ । समाजमा रहेका कुरीति एवम् अन्धविश्वासले आज पनि महिला एवम् बालबालिकाविरुद्ध हिंस्रक, पासविक तवरबाट यातना दिने, अङ्गभङ्ग बनाइदिने तथा ज्यानै लिने प्रकृतिका घटनाहरुले मानवीय संवेदनामा आघात पुगेका कैयन दर्दनाक दृष्टान्त समाजमा पाइन्छन् । यस्ता प्रकृतिका हिंसाका घटनाहरुको रोकथाम एवम् अनुसन्धान गर्न कर्तव्यपथमा अझ कटिबद्ध भएर लाग्नुपर्ने अवस्था छ।’
बालबालिका आफूमाथि हुने वा हुनसक्ने हिंसा तथा दूव्र्यवहारका सम्भावनाको दृष्टिकोणले जोखिमपूर्ण अवस्थामा रहेका हुन्छन् । अपराध रोकथाम र नियन्त्रणमा प्रहरीले निभाउनुपर्ने भूमिकाको सन्दर्भमा बालबालीकामाथि हुने हिंसा न्यूनीकरण गर्ने बालबालिकासँग कसरी व्यवहार गर्ने र उनीहरुमा न्यायको सुनिश्चितताको अनुभूत कसरी गराउने भन्ने सम्बन्धमा प्रभावकारी सेवा प्रदान गर्नको लागि यस सेवा केन्द्रको स्थापना भएको हो , बालबालिकालाई सहजरुपले उजुरी दिने वातावरण बनाउन, महिला तथा बालिकालिकालाई विशेष व्यवस्था गरिएको महसुस गराउनुका साथै उनीहरुमाथिको हिंसाप्रति राज्य संवेदनशील छ र सोअनुरुप प्रत्याभूति दिनु राज्यको दायित्व भएकोले महिला तथा बालबालिका सेवा निर्देशनालय र सेवा केन्द्रको स्थापना भएको हो । घरेलुहिंसा, बालविवाह, मानवबेचबिखन, यौनशोषण, यौनदुराचार, बालश्रम तथा शोषणजस्ता अपराधबाट पीडित बालबालिकालाई न्यायको पहुँच दिलाउन सहयोग गर्ने लक्ष्यअनुरुप यस निकायको स्थापना भएको हो, बालबालिकाविरुद्धका अपराधहरुमा आत्मसम्मान, गोपनीयताको सम्मान गर्नुपर्ने, उनीहरुलाई हेर्ने पूर्वाग्राहीपन, विभेदपूर्ण र लाञ्छनापूर्ण व्यवहारबाट बचाउनुपर्ने तथा उनीहरुको मनोविज्ञानलाई बुझी संवेदनशील तरिकाबाट व्यवहार गर्नुपर्ने हुँदा विशेष संयन्त्रको रुपमा यो केन्द्र सञ्चालनमा रहेको छ । महिला तथा बालिबालिका सेवा निर्देशनालय यस मान्यतामा रहेर महिला तथा बालबालिकाको मानवअधिकारको रक्षाको लागि क्रियाशील निकाय हो ।
यस सन्दर्भलाई लिएर बालअधिकारको संरक्षण र प्रर्बधनका लागि बालबालिका माथि हुने हिँसा न्युनीकरण गर्नु आजको आवश्यकता हो र त्यस आवश्यकतालाई परिपुर्ति गर्नका लागि बालबालिकामाथि हिंसा तथा दूव्र्यवहार हुन सहयोग पु¥याइरहेका सामाजिक व्यवहारहरुलाई परिवर्तन गर्न स्थानीयस्तरमा पहलकदमी गर्नुपर्ने हुन्छ ।
हिंसा तथा दूव्र्यवहारको रोकथामका लागि कार्यक्रम तथा रणनीतिहरु तयार पार्दा तथा तिनलाई कार्यान्वयन गर्दा मुलरुपमा बालसंरक्षण सवालहरुको कारकलाई सम्बोधन गर्नेगरी गरिनुपर्दछ । बालबालिकामाथि हुने हिंसा तथा दूव्र्यवहारका घटना घट्नुका पछाडि समुदायमा रहेका के–कस्ता परिस्थिति, क्रियाकलाप तथा व्यवहारहरुले सहयोग गरिरहेका छन्, सोको पहिचान गरिनुपर्दछ । त्यस्ता कारकहरुलाई समुदायमा अझैसम्म पनि कायम राख्न वा बढावा दिन केले मद्दत पु¥याइरहेको छ, सोको पहिचान गरी तिनलाई सम्बोधन गरिनुपर्दछ । हिंसा तथा दूव्र्यवहारको रोकथामको महत्वपूर्ण पक्ष भनेको समुदायका सबै वयस्क तथा बालबालिकालाई लक्षित गरी सचेतना अभिवृद्धि गरिनु हो । त्यसरी नै बालबालिकाविरूद्ध हिंसा तथा दूव्र्यवहारका कुनै घटना भएको खण्डमा त्यसका दोषीलाई कुनै पनि परिस्थितिमा कानुनी कारबाहीको दायरामा ल्याइनेछ भन्ने सन्देश सम्प्रेषण गरिनु र पीडित तथा प्रभावित बालबालिका वा तिनका परिवारको संरक्षणमा सहयोग पु¥याउन समुदायस्तरमा क्रियाशील बालसंरक्षण संरचनाहरु तत्पर रहेको उदाहरण प्रस्तुत गरिनुपर्दछ ।
बालबालिकामाथि हुने वा हुनसक्ने हिंसा तथा दूव्र्यवहारको रोकथाम गर्न स्थानीयतहमा क्रियाशील प्रहरी कर्मचारीले प्रत्यक्षरुपमा वा आफ्नो अगुवाइ÷नेतृत्वमा सचेतना फैलाउन सक्दछन् । त्यसैगरी प्रहरीहरुले समुदायमा क्रियाशील बालसंरक्षण संरचना, निकाय तथा बाल–केन्द्रित संस्थाहरुसँग सहकार्य गरी विभिन्न अभियानमा नियमितरुपमा सहयोग पु¥याउन सक्दछन् । साथै, बालसंरक्षणका लागि समुदायमा स्थापना भएका संरचनाहरुमा सक्रिय सदस्यको रुपमा रही स्थानीयतहमा रहेका प्रहरीले बालहिंसा तथा दूव्र्यवहारको रोकथामा उल्लेख्य योगदान दिन सक्दछन् ।

कार्यालय भित्र ःस्थानीय प्रहरी कार्यालयको सम्पर्कमा आउने बालबालिकालाई गरिने व्यवहार र अपनाउनुपर्ने सावधानीबारे सूची÷ आचार संहिता बनाएर सबै प्रहरी कर्मचारी तथा आगन्तुकहरुले देख्ने स्थानमा टाँस्ने र आचरसंहिताका बुँदालाई कडाइकासाथ पालना गर्ने, गराउने बालबालिकामाथि हुने वा हुनसक्ने हिंसा तथा दूव्र्यवहारका किसिम, लक्षणहरु र खबर गर्नुपर्ने निकायको सम्पर्क व्यक्तिको नाम र फोन नम्बरको सूची कर्मचारी तथा आगन्तुकले देख्ने स्थानमा टाँस्ने अनि आवश्यक परेका बखत त्यहाँ उपलब्ध सेवा तथा सूविधा परिचालन गर्ने, गराउने ,सबै कर्मचारीलाई बालबालिकामाथि हुने वा हुनसक्ने हिंसा तथा दूव्र्यवहारबारे तालिम दिएर समस्या पहिचान गर्न, सेवा प्रदान गर्दा अपनाउनुपर्ने संवेदनशीलता र कुन अवस्थामा कसलाई खबर गर्ने भन्नेबारे ज्ञान र सीपले युक्त बनाउन सघाउने । , हिंसा तथा दूव्र्यवहार पीडित तथा प्रभावित बालबालिकासँग बोल्दा तथा व्यवहार गर्दा संवेदनशील हुने । आफ्नो संस्थाभित्र कसैले बालबालिकामाथि हिंसा तथा दूव्र्यवहार गरेको थाहा पाएमा तत्काल त्यसलाई रोक्ने र सम्बन्धित बालसंरक्षण केन्द्रविन्दु व्यक्तिलाई खबर गर्ने, प्रहरी कार्यालयको सेवा लिन आएका बालबालिकाका आमाबाबुलाई हिंसा तथा दूव्र्यवहारलाई कदापि नसहन सचेतीकरण गर्ने, गराउने । आवश्यकता परेको खण्डमा आमाबाबुलाई आफ्नो बालबालिकालाई हिंसा तथा दूव्र्यवहारबाट कसरी बचाउने भन्नेबारे व्यक्तिगत परामर्श दिने । यदि कुनै बालबालिकालाई हिंसा तथा दूव्र्यवहार भएमा कसलाई खबर गर्न सकिन्छ र कस्ता निकायले कस्तो प्रकृतिको सेवा प्रदान गर्न सक्दछन् भन्नेबारे बताइदिने । साथै, उहाँहरुलाई र बालक वा बालिकालाई तपाईँ एक्लो हुनुहुन्न सहयोगका लागि तत्पर हातहरु प्रशस्त छन् भन्ने कुरा स्पष्ट पार्ने, पहिचान गरिएका वा शड्ढास्पद हिंसा तथा दूव्र्यवहारका घटनाहरुलाई तत्कालै स्थानीयतहका प्रहरी कार्यालयको सेवा प्रक्रियाभित्र ल्याउने,हिंसा तथा दूव्र्यवहारपीडित बालक वा बालिका र तिनको परिवारको गोपनीयताको हकको सम्मान गरी घटनाको अभिलेखन गर्ने , बालबालिकामाथि हिंसा तथा दूव्र्यवहार भएका घटनाबारे प्रहरी कार्यालयमा उजुरी आएमा तत्काल त्यसबारे सुनवाइ गर्ने र प्रचलित कानुनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने, आदि ।

समुदायस्तरमा ःसमुदायस्तरको बालसंरक्षण संयन्त्रहरुको परिचालन गरी बालसंरक्षणमा सचेतीकरण कार्यक्रम सञ्चालन गर्ने । जस्तै ः सामुदायिक प्रहरी र यसको संयन्त्रमा रहेका व्यक्तिहरुलाई तालिम प्रदान गरी सचेतना फैलाउने कार्यमा लगाउने बालबालिकामाथि हिंसा तथा दूव्र्यवहार बढी मात्रामा हुने समुदायको पहिचान गरी बालसंरक्षण तथा प्रवद्र्धन समितिहरु लगायतको सहयोगमा तत्सम्बन्धी रोकथामका रणनीतिहरु तयार पारी कार्यान्वयनमा ल्याउने, आदि।

बालमैत्री अनुसन्धान ःबालबालीका माथि भएका हिंसा तथा दूव्र्यवहारको अनुसन्धान गर्ने अख्तियारी प्राप्त निकायमा कार्यरत अनुसन्धान अधिकृत वा कर्मचारीको रुपमा कुनै पनि मुद्दामा प्रहरीको महत्वपूर्ण भूमिका हुने गर्दछ । यसको अतिरिक्त बालबालिकाविरूद्ध भएका हिंसा तथा दूव्र्यवहारका सम्बन्धमा पनि प्रहरीको महत्वपूर्ण भूमिका हुन्छ । प्रहरीले बोल्ने बोली र त्यहाँ गरिने व्यवहारले बालबालिकालाई अनुसन्धान कार्यमा के कसरी सहयोग गर्ने वा आफूलाई मद्दत गर्ने निकाय प्रहरी कार्यालय हो वा होइन भन्नेबारेमा सकारात्मक वा नकारात्मक धारणा बनाउन सहयोग गर्दछ । साथै, प्रहरीको सकारात्मक वा नकारात्मक व्यवहारको अनुभवले नै बालबालिकालाई दीर्घकालीनरुपमा प्रहरी कर्मचारी वा प्रहरी कार्यालयबारे एक निश्चित धारणा बनाउन सघाउँदछ । बाल्यकालमा परेको त्यस्तो प्रभाव उनीहरुमा जीवन पर्यन्त रहिरहन्छ ।
प्रहरीको वा प्रहरी कार्यालयको सम्पर्कमा आउने बालबालिका हिंसा तथा दूव्र्यवहारको कुनै पनि घटनामा पीडित भएका वा बिज्याईंकर्ता बालबालिका हुन सक्छन् । र, कुनै अवस्थामा भने साक्षीका रुपमा पनि बालबालिका प्रहरीको सम्पर्कमा आउन सक्दछन् । अनि कुनै–कुनै घटनामा भने पीडित र बिज्याईंकर्ता दुवै पक्ष बालक नै हुन सक्दछन्
हिंसा तथा दूव्र्यवहारको जोखिममा छन् वा हिंसा तथा दूव्र्यवहारबाट पीडित भएर प्रहरीको सम्पर्कमा आउने कुनै पनि बालबालिकालाई नेपाल प्रहरीअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा पठाउने परिपाटिको ब्यवस्था नेपाल प्रहरी भित्र गरिएको छ । , बालबिज्याईंको आरोपित र पीडित दुवै पक्षका बालबालिकासँग अनुसन्धान गर्दा पीडित बालक वा बालिकाको हितमा राखी उनीहरु दुवै पक्षबीच सम्पर्क हुन वा नगराउने सुनिश्चित गरिनुपर्दछ , बालबालिकासम्बन्धी सम्पूर्ण विवरणलाई ज्यादै गोप्य तरिकाले राख्नुपर्दछ । मुद्दा अगाडि बढाउने प्रयोजन वा आधिकारिक प्रयोगको लागि अख्तियारप्राप्त निकाय वा अधिकारीबाहेक अन्य कामको लागि बालकको रेकर्ड प्रत्यक्ष वा अप्रत्यक्षरुपमा कसैलाई पनि दिनुहुँदैन । प्रहरीको मातहतमा रहेको कुनै पनि गोप्य प्रकृतिका मुद्दा प्रहरीको कर्तव्य पालन वा न्यायिक आवश्यकताबाहेक अन्य अवस्थामा गोप्य राख्नुपर्दछ, सोधपुछ तथा अनुसन्धानको क्रममा बालबालिकाले सहज महसुस गर्ने वातावरणमा प्रश्न गर्नुपर्दछ र सोको उत्तर प्राप्त गर्न बालबालिकालाई सहयोग गर्नुपर्दछ । लागुपदार्थको मुद्दामा परेका बालबालिकाका सन्दर्भमा अनुसन्धान अधिकारीले उपयुक्त संघसंस्था वा निकायमा उपचार तथा पुनस्र्थापनाका लागि सीफारिस गर्न सक्दछन् । प्रहरीले बालक वा बालिकालाई अपमान वा अपहेलित हुने खालका शब्द वा बोली बोल्ने तथा कुनै पनि किसिमबाट शोषण, हिंसा वा दूव्र्यवहार हुने प्रकृतिका कार्य वा व्यवहार गर्नुहुँदैन, प्रहरीले प्रयोग गर्ने भाषा सो बालक वा बालिकाले बुझ्न नसक्ने वा बोल्न नसक्ने रहेछ भने निःशुल्क भाषा रुपान्तरण गर्ने व्यक्तिको सहयोग उपलब्ध गराउनुपर्दछ ।

बाले बिश्वकर्मा
लेखक सेभ द चिल्डे्नमा कार्यरत हुनुहुन्छ ।



Leave a comment

Your email address will not be published.


*