जीएमआरको गाडीमा ढुङ्गा प्रहार

जीएमआरको गाडीमा ढुङ्गा प्रहार

दैलेख– माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण कम्पनी जीएमआरको गाडीमा अज्ञात समूहले ढुङ्गा प्रहार गरी क्षति पु¥याएको छ । सुखेृतबाट दैलेखको सातला गाविस डाबस्थित निर्माणस्थल तर्फ जाँदै गरेको बा ८ च १५८५ नम्वरको हाइलेक्स गाडीमा नचिनेको समूहले आज दिउँसो ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ ।

चालक समेत ३ जना सवार उक्त गाडीमा दैलेखको बराह गाविस–९ रतिखोला भन्ने ठाउँमा ४ जनाको समूहमा विपरित दिशाबाट आएका युवाहरुले आक्रमक तरिकाले रोक्न खोजेकामा गाडी अगाडि बढाएपछि प्रहार भएको बताइएको छ ।

ढुङ्गा प्रहारबाट चालक साइड र एउटा पछिल्तिर समेत २ वटा सिसा फुटेको छ । ढुङ्गा प्रहारपछि चालकले तेज गतिमा ६ किलोमीटर टाढा तल्लो डुङ्गेश्वर प्रहरी चौकीमा पु¥याएको कारण थप क्षति हुनबाट जोगिएको जीएमआरका नापी अधिकृत लवप्रसाद कुइकेलले बताउनुभयो ।

माथिल्लो कर्णाली जलविद्युत आयोजना भारतीय निर्माण कम्पनी जीएमआरलाई बनाउन दिनुहुदैन भन्दै माओवादीको विप्लव समूह, वैद्य समूह र जनमोर्चा कडा विरोध गरिरहेका छन् । ढुङ्गा प्रहारमा संलग्न को थिए भन्ने पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया