नारायणका २ वडामा एमाले विजयी (अन्य इकाईको गणना जारी)

नारायणका २ वडामा एमाले विजयी (अन्य इकाईको गणना जारी)

दैलेख, जेठ १ । दैलेखका ११ वटै स्थानीय इकाइमा मत गणना जारी रहेको छ । हालसम्मको परिणामअनुसार जिल्लाका ५ वडा वडामा एमालेले बाजी मारेको छ । नारायण नगरपालिकाको वडा नम्बरबाट एमाले उम्मेदवार तिर्थनारायण श्रेष्ठ काँग्रेसका बलराम श्रेष्ठलाई १९ मतले पछि पार्दै विजयी भएका छन् । यस्तै वडा नम्बर २ बाट एमालेका रेशम थापा विजयी भएका छन् । उता भैरवीको वडा नम्बर १, डुंगेश्वरको वडा नम्बर १ र २ मा एमालेले जित हात पारेको छ । अन्य वडाको मतपरिणाम आइसकेको छैन ।
शुरुआती मतपरिणामअनुसार सदरमुकाम रहेको नारायण नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ भने भैरवी गाउँपालिकामा एमालेले अग्रता लिएको छ ।
नारायण नगरपालिाकाको वडा नम्बर १ को मतगणना जारी रहँदा काँग्रेस मेयरमा 184 र उपमेयरमा 188 मत छ भने एमाले मेयरमा 134 र उपमेयरमा 94 मत छ । यस नगरपालिकाका २ वडा वडाको मतगणना सम्पन्न भए पनि पछिल्लो मत संख्या प्राप्त हुन सकेको छैन । उता भैरवीको वडा नम्बर १ को मतगणना जारी रहँदा एमालेका अध्यक्षले ३६३ मत पाएका छन् भने काँग्रेसका अध्यक्षले १४४ मत पाएका छन् । यस्तै माओवादीका अध्यक्षले ११ मत पाएका छन् ।
यस्तै ठाँटिकाँध गाउँपालिकामा काँग्रेसले अग्रता लिएको छ । पछिल्लो परिणामअनुसार वडा नम्बर ३ को मतगणना जारी रहँदा काँग्रेस ४५, एमाले २८ र माओवादी केन्द्रले २८ मत पाएका छन् । उता डुंगेश्वर गाउँपालिकाको १ वडाको मतगणना सकिएको छ भने २ नम्बरको जारी छ । यो गाउँपालिकामा एमालेले अग्रता लिएको बुझिएको छ तर, मतपरिणाम भने प्राप्त गर्न सकिएको छैन । वडा नम्बर १ मा एमालेको प्यानल विजयी भएको छ ।
यस्तै भगवतीमाई गाउँपालिकामा एमालेले अग्रता लिएको छ । एमाले ९० माओवादी केन्द्र ६६ र काँग्रेसले ३० मत पाएका छन् । यो वडामा एमालेका वडा अध्यक्ष मानबहादुर बुढाले ९१ मत पाएका छन् भने काँग्रेसका हेमशंकर अधिकारीले ८७ मत पाएका छन् ।
उता आठविस नगरपालिकामा पनि एमालेले अग्रता लिएको छ । वडा नम्बर १ को मतगणना जारी रहँदा एमाले प्रमुखमा ९५ र उपप्रमुखमा १०० मत ल्याएर अगाडी छ भने काँग्रेसले प्रमुखमा ७४ र उपप्रमुखमा ७६ मत पाएको छ । यस्तै वडा अध्यक्षमा एमालेलाई ८० तथा काँग्रेसलाई ९० मत परेको जनाइएको छ ।

प्रतिक्रिया