दैलेखमा एमालेको वर्चस्व(विजयीको सूचिसहित)

दैलेखमा एमालेको वर्चस्व(विजयीको सूचिसहित)

दैलेख, वैशाख ३ । दैलेखका १० वटा स्थानीय इकाईको मतपरिणाम सार्वजनिक भएको छ । दैलेखमा रहेका ४ वटा नगरपालिका मध्ये २ मा एमालेले जितेको छ भने १ मा काँग्रेसले जितेको छ । यस्तै आठविस नगरपालिकाको भने निर्वाचन परिणाम घोषणा हुन बाँकी छ । यस्तै ७ वटा गाउँपालिका मध्ये ४ मा एमालेले जितेको छ भने ३ मा काँग्रेसले जितेको छ ।
सदरमुकाम रहेको नारायण नगरपालिकाबाट एमाले मेयर उम्मेदवार रत्नबहादुर खड्का र उपमेयर उम्मेदवार सावित्री मल्ल विजयी भएका छन् । यस्तै दुल्लु नगरपालिकामा काँग्रेसले मेयर जितेको छ भने उपमेयरमा एमाले विजयी भएको छ । काँग्रेसका घनश्याम भण्डारी मेयरमा विजयी भए भने एमालेकी कृष्णा थापा उपमेयरमा विजयी भएकी छन् । यस्तै चामुण्डा विन्द्रासैनी नगरपालिकामा एमालेका सूर्यबहादुर शाही मेयरमा र उपमेयरमा एमालेकै तारा शाही (खत्री) विजयी भएकी छन् ।
यस्तै गुराँस गाउँपालिकामा काँग्रेसका खेमराज वली अध्यक्ष तथा काँग्रेसकै दिपा विसी उपाध्यक्षमा निर्वाचित भएका छन् । विसी उपाध्यक्षमा विजयी हुने सबैभन्दा कान्छी उम्मेदवार हुन् । उनी २३ वषकी भइन् । उता डुंगेश्वर गाउँपालिकामा पनि काँग्रेसले कब्जा जमाएको छ । काँग्रेसका नगेन्द्र मल्ल अध्यक्षमा तथा सिता ज्ञावली उपाध्यक्षमा विजयी भएका छन् । यस्तै नौमुले गाउँपालिकामा पनि काँग्रेस विजयी भएको छ । भदे बुढामगर अध्यक्षमा विजयी भए भने अमृता सिंह उपाध्यक्षमा विजयी भएका छन् । यस्तै ठाँटिकाँधमा एमालेका धिरबहादुर शाही अध्यक्षमा र एमालेकै सुष्मिता सिंह उपाध्यक्षमा विजयी भएकी छन् ।
यस्तै भैरवी गाँपालिकामा एमालेका प्रेमबहादुर बुढा अध्यक्षमा र पदमकुमारी विष्ट उपाध्यक्षमा विजयी भएका छन् । यस्तै महाबु गाउँपालिकामा पनि एमालेले कब्जा जमाएको छ । एमालेका जंगबहादुर शाही अध्यक्षमाा तथा प्रेमकुमारी बुढा उपाध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया