नेपालगन्जमा भीषण आगलागी

नेपालगन्जमा भीषण आगलागी

१४ जेठ, काठमाडौं । नेपालगन्जको सुर्खेत रोडमा भीषण आगलागी भएको छ । धम्बोजी र पुष्पलाल चोकको बीचमा पर्ने   श्रेया इन्टेरियर इण्डष्ट्रिज प्रालिमा आइतबार बिहान आगलागी भएको हो ।22222

बिहान ९ बजेदेखि लागेको आगो नियन्त्रणकाे  प्रयास १ घन्टादेखि भइरहे पनि  पनि सफल हुन सकेको छैन । आगोले अहिलेसम्म एउटा घर लजेर नष्ट भएको छ भने अर्को घरमा फैलने खतरा बढेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सर्वसाधारणको सक्रियतामा अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

प्रहरीले आगलागीको कारण खुल्न नसकेको जनाएको छ ।

प्रतिक्रिया