सिम्ता गाउँपालीकामा विदाईसँगै स्वागत कार्यक्रम

सिम्ता गाउँपालीकामा विदाईसँगै स्वागत कार्यक्रम

दुर्गा वि.सी
सिम्ता गाउँपालीका सुर्खेतमा लामो समयसम्म सेवा गरिरहेका स्थानीय निकायका कर्मचारीको विदाई गरीएको छ । वडा नं.२ बाट गोविन्द राना र वडा ७ बाट प्रेम वहादुर जिसीलाई विदाई गरेको जनाएको छ । साथै विदाई कार्यक्रममै वडा ४ मा अन्यन्त्रबाट सरुवा भई आएका हुमराज धमालाको भने स्वागत गरिएको छ । विदाई भएर जाने र नयाँ आउने कर्मचारीले काम गर्दा आफ्ना अनुभव तथा नागरिकलाई दिनु पर्ने सेवा र कर्तव्य वोधको बारेमा अवगत गराएको जनाएको छ । कर्मचारीले आफ्ना काम काजहरुको बारेमा अनुभवहरु समेत सेयर गरेका थिए । नयाँ स्थानीय निकायमा नयाँ जनप्रतिनिधीसँग काम गर्दा र नागरिकलाई कसरी सेवा पु्रयाउन सकिन्छ भनेर सो कार्यक्रममा सुसुचित पारीएको थियो । कर्मचारी नहुदाँ नागरिकले सास्ती खेपीरेहेको समयमा उक्त गाउँपालीकाले सवै वडाहरुमा कर्मचारीको व्यवस्थपन मिलाउन सुरु गरेको छ । सिम्ता गाउँपालीकाको कार्यालय वजेडचौरमा भएको कार्यक्रममा गाउँपालीका अध्यक्ष कविन्द्र कुमार के.सी र प्रमुख अतिथि जनक वहादुर हमाल रहेको सिम्ता गाउँपालीकाको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया