महिला अधिकार सम्वन्धी कार्यक्रम हुँदै

महिला अधिकार सम्वन्धी कार्यक्रम हुँदै

दैलेख चैत्र १० – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तरगत डुङ्गेश्वर गाउँपालिका वडा नं. १ बेलपाटामा गठित मानवअधिकार निगरानी समूहले चैत २३ गते महिला अधिकार सम्वन्धी अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
मानवअधिकार निगरानी समूहको आज बसेको बैठकले व्यापाक जनसहभागितामा बालविवाह, महिला हिंसा रोकथाम र मदिरा नियन्त्रण लगायतका विषयमा गरिने अन्तरक्रिया कार्यक्रममा चुप्रास्थित प्रहरी चौकी र वडा कार्यालयसंग समन्वय गर्ने कार्यक्रम तय गरिएको छ ।
मानवअधिकार निगरानी समूहका संयोजक पार्वती खत्रीको अध्यक्षतामा भएको बैठकमा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार र इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता उदय थापाले इएलपी कार्यक्रमले समुदायमा गर्ने कार्यक्रमहरु र बजेट बारे जानकारी गराउनुभएको थियो ।
बैठकले वैशाख पहिलो हप्ता त्रिवेणीसंगम मावि चुप्रामा अभिभावक भेला गरी विद्यार्थी भर्ना अभियान कार्यक्रम गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया