सोसेक र रुकुमेली समाज विकास केन्द्र विच अन्तरक्रिया

सोसेक र रुकुमेली समाज विकास केन्द्र विच अन्तरक्रिया

दैलेख चैत्र १५-दैलेख जिल्ला महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र रुकुम पश्चिममा आफ्ना विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको रुकुमेली समाज विकास केन्द्र विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तह पुर्नसंरचना पश्चात नेपालकै दास्रो बाल मैत्री वडा घोषित दैलेखको आठवीस नगरपालिका वडा नं. ४ को स्थलगत भ्रमणमा आइपुगेको रुकुम पश्चिममा टोली र दैलेखको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल विच अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले संचालन गरेको परियोजना, संस्थाको लक्ष, उदेश्य, कर्मचारी विवरण र संस्थाले गरेका गतिविधीहरुको बारेमा सामाजिक सेवा केन्द्र ९सोसेक० नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज विसीले जानकारी गराएका थिए, भने महिला तथा बालबालिकाको क्षेत्रमा संस्थाले गरेका अन्य गतिविधीहरुको बारेमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले जानकारी गराएका थिए । कार्यक्रममा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष मञ्जु खड्का, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नर बहादुर नेपाली, चौरजहारी नगरपालिका रुकुमका उपप्रमुख राधा रोका र सानिभेरी गाउँपालिका अध्यक्ष नर बहादुर पुन, उपाध्यक्ष इन्दिरा वली, निर्वाचित सदस्यहरु, बाल संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेका अभियान्ताहरुको सहभागिता रहेको थियो । सेभ द चिल्ड्रेनको सहयोगमा दैलेखको सामाजिक सेवा केन्द्र ९सोसेक० नेपालले सहयात्रा परियोजना संचालित छ भने रुकुम पश्चिममा रुकुमेली समाज विकास केन्द्र द्धारा एकिकृत परियोजना संचालन भइरहेको छ ।

प्रतिक्रिया