सरस्वती मावीमा मगर भाषाको कक्षा संचालन

सरस्वती मावीमा मगर भाषाको कक्षा संचालन


दैलेख, २५ जेठ
जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले आगामी आर्थिक बर्षदेखि मगर भाषाको कक्षा संचालन गर्ने तयारी गरेको छ । मगर भाषालाई संरक्षण गर्नको लागि सरस्वती माध्यामिक विद्यालय वइरीमा मगर भाषाको पठपाठन संचालन गरिने भएको हो ।
डुङ्गेश्वर गाउँपालिका वडा नम्बर ६ को सहयोगमा आदीबासी जनजाती महासंघ समन्वय समिति डुङ्गेश्वर द्धारा आयोजित लिपी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ६ का वडा अध्यक्ष बम बहादुर विसीले मगर भाषालाई पनि विद्यालयमा पठपाठन गर्ने बताएका हुन् ।
नेपालका जातजाती मध्ये मगर जाती एक गहना भएको भन्दै मगर भाषा लोप हुन नदिन सरस्वती मावी वइरीमा पठनपाठन गर्न लागिएको बताए । त्यस विद्यालय रहेको बस्ती मगर विद्यार्थीहरुको बाहुल्यता रहेको छ ।
मगरको संस्कृती भाषा पछिल्लो समय लोप हुँदै गएको छ, नेपाली सबै भाषाभाषि जातजातीले भरिपूर्ण रहेको भन्दै संस्कारको जगेर्ना बिना विकासको कल्पना गर्न सकिदैन्, उनले भने । मगर भाषा वइरीमा मात्र नभई अन्य विद्यालयमा पनि पठनपाठनको लागि आफुले गाउँ कार्यपालिकाको बैठकमा पश्ताव राख्ने अध्यक्ष विसीको भनाई छ ।
आदीबासी जनजाती महासंघका अध्यक्ष टेक बहादुर थापा मगरले जनजातीको हक हितको लागि कम्मर कसेर लाग्नुपर्ने बताउदै आफ्नो संस्कार नविर्सन आग्रह गरे । कार्यक्रममा नेपाल मगर संघ कर्णाली प्रदेशका उपाध्यक्ष, नेपाल मगर दैलेखका अध्यक्ष लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसेवी, सरस्वती माविकाका प्रधानाध्यापक लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया