दुर्घटनामा १० बर्षिया बालकको मृत्यू

दुर्घटनामा १० बर्षिया बालकको मृत्यू

सुर्खेत साउन २२, कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा स्कुल बसको ठक्करबाट १० बर्षिया बालकको मृत्यू भएको छ । सोमबार सुर्खेतको वीरेन्द्रनगर–११ स्थित गाग्रेताल नजिकै सुप्रिम इङ्गिस बोर्डिङ्ग स्कुलको भे १ क ४७३ नम्बरको बसले ठक्कर दिँदा १० वर्षिय बालक प्रदिप अधिकारीको मृत्यू भएको हो ।
अपराह्न साढे ४ बजे सेडा स्कुल सुर्खेतमा कक्षा ६ मा अध्ययन गर्ने दैलेखको भगवतीमाई गाउँपालिका तुर्सु, हाल विरेन्द्रनगर नगरपालिका ११ बस्दै आएका बालक अधिकारीलाई सुप्रिम इङ्गिस बोर्डिङ्ग स्कुलको बिद्यार्थी बोकेको बसले ठक्कर दिएको हो ।
टाउकोमा गम्भीर चोट लागेका अधिकारीलाई उपचारार्थ क्षेत्रीय अस्पताल कालागाउँ लगिएको थियो । गम्भीर घाइते बालकको उपचारक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
बस र सवारी चालक तेजबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । मृतक प्रदिप अधिकारी सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखमा बाल संरक्षण अधिकृतको पदमा कार्यरत निर्मल अधिकारीका छोरा हुन् ।

प्रतिक्रिया