विकृति विरुद्ध तीज गीत प्रतीयोगीता

विकृति विरुद्ध तीज गीत प्रतीयोगीता

प्रविन शाही, दुल्लु, २५ भदौ (ज्वाला संदेश) :
यहाँको दुल्लुबाट प्रशारण हुँदै आएको रेडीयो दुल्लु एफ.एम र शहीद पुर्ण स्मृती प्रतिष्ठानको सहकार्यमा समाजमा रहेका विकृती विरुद्ध खुल्ला तीज गीत प्रतीयोगीता सम्पन्न भएको छ । नगर स्तरिय कार्यक्रममा दुल्लु नगरपालिकाका सबै वडाका १० वटा समूहहरु सहभागि थिए । प्रतीयोगीतामा विजया समुह प्रथम, हरीयाली आमा समुह द्धितिय, वरपिपल आमा समुह तृतीय, देउती बाल क्लब सान्तोना भएका छन् ।
सहभागि समूहहरुले जनचेतनामुलक संदेश बोकेको गीतहरु प्रस्तुत गरेका थिए । सहभागि समूहरुले समाजमा कुसंस्कारको रुपमा रहेको छाउपडी, महीला हिंसा, वहुविबाह, जातीय विभेद न्यूनिकरण गर्ने जनचेतनामुलक संदेश बोकेको गीतहरु प्रस्तुत गरेका थिए ।
उनिहरुले लोकपरम्परागत शैलीका गीत मार्फत पछिल्लो समय मुलुकका विभिन्न स्थानमा बढ्दै गएका बलात्कारका घटनामा संलग्नलाई कार्बाहीको माग गरेका छन् । विशेष गरि कञ्चनपुरमा १३ बर्षिया निर्मला पन्तको बालिका बलात्कार पछि हत्या गरिएको विषयलाई गीतमा समेटिएको थियो । हरेक गीतहरुमा देशमा भईरहेको कर बृद्धिले नागरिकहरुलाई समस्या दर्शाइएको छ ।
गित मार्फत बलात्कारीलाई फाँसीको सजाँय दिनुपर्छ जस्ता भावहरु गीत मार्फत प्रस्तुत गरिएको थियो । साथै छाउगोठमा बसेर महिलाले मृत्यु भएको चेतनामुलक नाटक पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले दुल्लु नगरपालिकाले समाजमा रहेका विकृति र विसंगतीलाई रोक्न विभिन्न अधियानहरु संचालन गर्ने बताए । रेडीयो दुल्लु एफ.एम.का संचालक समिति अध्यक्ष सीता रानाले आजको युगमा पनि नारीहरु गुम्सीएर बस्न नहुने धारणा राख्नुभयो ।

प्रतिक्रिया