बालिका बलात्कृत, ‘बलात्कारी’ पक्राउ

 बालिका बलात्कृत, ‘बलात्कारी’ पक्राउ

काठमाडौँ, ८ कार्तिक । काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडमा १४ वर्षीया बालिका बलात्कारमा परेकी छन् ।बालिका कलात्कार गरेको आरोपमा प्रहरीले बुधबार साँझ धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ का ३० वर्षीय समीर पुलामीलाई पक्राउ गरेको छ ।

सोल्टीमोड बस्दै आएका पुलामीले सोही ठाउँ बस्ने १४ वर्षीया बालिकालाई कोठामा बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका पुलामीमाथि जबरजस्ती करणी उद्योगमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया