सुर्खेतको सिम्तामा राष्ट्रिय योग दिवस मनाईयो

सुर्खेतको सिम्तामा राष्ट्रिय योग दिवस मनाईयो

सुर्खेत सिम्ता गाउँपालिका वादेपिपल आयुर्वेद औषधलाय राकमको आयोजनामा आज राष्ट्रिय योग दिवस मनाइएको छ । गरौ योग रहौं निरोग भन्ने मुल नारा तय गरिएको कार्याक्रममा वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र सिं को अध्यक्षतामा भएको कार्याक्रममा विभिन्न कार्यालयका प्रमुख,पार्टि प्रतिनिधी,वादेपिपल ईलाका प्रहरी कार्यालयका प्रमुख र योग प्रशिक्षक पुष्कर वि.सी. लगाएतका व्यक्तिहरुले योगको बारेमा धारणा राख्नु भएको थियो । साथै राष्ट्रिय योग दिवसको कार्यक्रम सकिए लगतै योग अभ्यास समेत सञ्चालन गरिएको थियो । यसलाई निरन्तरता दिन अती जरुरी रहेको वादेपिपल आयुर्वेद औषधलाय राकमका प्रमुख प्रकास यादवले वताउँनु भयो । कार्यक्रलाई निरन्तरता दिनका लागि सवैको सहयोग रहेको समेत जनाएको छ ।

प्रतिक्रिया