चीनमा कम्युनिस्ट शासनको ७० वर्ष: ‘बेइजिङमा दीपावली, हङकङमा रक्तपात’

चीनमा कम्युनिस्ट शासनको ७० वर्ष: ‘बेइजिङमा दीपावली, हङकङमा रक्तपात’

एजेन्सी । चीनले मंगलबार कम्युनिस्ट शासन सुरुवातको ७०औं वार्षिकोत्सव मनायो । १ अक्टोबर, १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन अध्यक्ष माओत्से तुङले जनगणतान्त्रिक चीन स्थापनाको घोषणा गर्दै कम्युनिस्ट शासनको सुरुवात गरेका थिए । त्यो शासन व्यवस्था आजसम्म पनि जारी छ । रक्तपातपूर्ण गृहयुद्धमा कम्युनिस्टहरू विजयी भएपछि चीनमा कम्युनिस्ट शासन सम्भव भएको थियो ।

७०औं वार्षिकोत्सवमा चिनियाँ सरकारले त्यही रक्तपातपूर्ण क्रान्तिको झल्को दिएको छ । चीनको अर्ध–उपनिवेशका रूपमा रहेको हङकङमा सरकारविरोधी प्रदर्शन गरिएको थियो । दसौं हजार प्रदर्शनकारी हङकङको सडकमा उत्रिएर सरकारविरोधी प्रदर्शन गरेका थिए । चीनमा भव्यताका साथ ७०औं वार्षिकोत्सव मनाइँदै गर्दा हङकङको सडकमा भने प्रहरीले १८ वर्षे किशोर साङ छिकिनको छातीमा गोली प्रहार गरेको थियो ।

प्रदर्शनकारीलाई रोक्न प्रहरीले कैयौं सेल अश्रुँ ग्यास प्रहार गर्नुका साथै लाठीचार्जसमेत गरेको थियो । त्यस क्रममा ६ राउन्ड गोली पनि प्रहार गरेको प्रहरीले ती किशोरलाई ‘क्लोज रेन्ज’बाट छातीको देब्रेपट्टि गोली प्रहार गरेको थियो । प्रहरी दमनबाट घाइते भएका १ सय ४ मध्ये ती किशोर र अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् । गोली लागेपछि उनी निकैबेर रगतमा लत्पतिएर सडकमै छटपटाएका थिए ।

हङकङका प्रहरी प्रमुख स्टेफेन लोले नी किशोरमाथिको गोली प्रहारलाई ‘उचित र कानुनसंवत’ भएको बताएका छन् । प्रदर्शनकारीसँगको घम्साघम्सीमा २५ प्रहरी पनि घाइते भएका छन् । प्रहरीले १ सय ८० जना प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ ।

प्रतिक्रिया