कोटिला ताल

कोटिला ताल

नारायण नगरपालिका र दुल्लू नगरपालिकाले कोटिलामा निर्माण गर्न लागिएको तालको सम्भाव्यता अध्ययन र बिस्तृत परियोजना प्रस्ताव तयारीको काम आजबाट थालिएको छ ।

सीआईएएस पश्चिमाञ्चल निमा कम्पनी र यी दुई नगरपालिकाका पदाधिकारीहरुवीच सम्झौता भएको नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले जानकारी दिनुभयो ।

आयोजनाको प्रभावकारिता र लागत स्टीमेट समेत कन्सल्ट्याण्ट कम्पनीले तयार पार्ने बताइएको छ । यसका लागि नारायण नगरपालिकाले ४५ लाख रुपैंया खर्च गर्ने भएको छ ।

सुरुमा नारायण नगरपालिकाले पर्यटक आकर्षणका लागि तालको प्रस्ताव ल्याएकोमा प्रभावित क्षेत्र दुल्लू नगरपालिकाको वडा नं. १० र ११ समेत पर्ने भएकोले सहकार्यमा जोडिएका दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताउनुभयो ।

यो ताल निर्माणका लागि चालु आर्थिक वर्षमै काम सुरु गर्न कर्णाली प्रदेश सरकारले तीन करोड रुपैंया बिनियोजन गरेको छ । आयोजनाका लागत र समय बिस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार भएपछि मात्र एकीन हुने नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम बुढाले बताउनुभयो ।

प्रतिक्रिया