अनुगमन समिति गठन

अनुगमन समिति गठन

दैलेख वैशाख ६ गते ।
राष्ट्रिय मानव अधिकार आयोगले कोभिड १९ सम्वन्धमा जारी गरेको मानव अधिकार अवस्था अनुगमन नेटवर्क कार्यविधिमा भएको व्यवस्था अनुसार आज दैलेखमा ५ सदस्यीय जिल्ला स्तरीय मानव अधिकार अनुगमन समिति गठन गरिएको छ ।
अनुगमन समितिको संयोजकमा नेपाल बार एशोसियसनका जिल्ला अध्यक्ष माधवराज अधिकारी, सदस्यहरुमा गैसस महासंघका कोषाध्यक्ष डिलकुमारी चन्द र नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष कृष्ण देवकोटा, इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार र सुन्दर नेपाल संस्थाका यज्ञराज थापा रहेका छन् ।
सरकारले गरेको लकडाउन कार्यान्वयन प्रक्रिया, विपन्न वर्गको जीवनयापन समस्या, राहत सहयोग, प्रेस स्वतन्त्रता, नागरिक अधिकार, सरकारका सेवा प्रवाह लगायतका विषयम अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगले मातहतका केन्द्र, प्रदेश र जिल्लामा अनुगमन समिति बनेका छन् ।

प्रतिक्रिया