परम्परागत टेलर्स सञ्चालकलाई सेनेटरी प्याड निर्माण तालिम

परम्परागत टेलर्स सञ्चालकलाई सेनेटरी प्याड निर्माण तालिम

दैलेख असोज १८ गते । महाबु गाउँपालिका–३ बासीका परम्परागत टेलर्स सञ्चालकलाईलाई सेनेटरी प्याड निर्माण तालिम प्रदान गरिएको छ । मर्यादित महिनावारीका लागि परम्परागत टेलर्स सञ्चालकलाई उक्त तालिम प्रदान गरिएको हो । राधा पौडेल फाउण्डेशनको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा आयोजित उक्त तालिममा मर्यादित महिनावारी, महिनावारी बार्दा आईपर्ने समस्या, कानुनी प्रावधान र सेनेटरी प्याडको प्रयोगको फाइदाबारे छलफल गरिएको बताईएको छ ।


यसैबिच राधा पौडेल फाउण्डेशनको आर्थिक सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको आयोजनामा महाबु गाउँपालिका–३ बासीमा धामी पुजारी र राजनीतिक दलसँग मर्यादित महिनावारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष हिरासिंह वडुवालको अध्यक्षता भएको कार्यक्रममा जनप्रतिनीधि, राजनीतिक दलका, धामी, पुजारीको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा मर्यादित महिनारी बनाउन कसको के भूमिका, छाउपडी प्रर्था अन्त्य गर्न धामी पुजारीको भूमिका लगाएतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया