कांग्रेस सांसदलाई देउवाको निर्देशन : दसैं भत्ता तत्काल फिर्ता गर

कांग्रेस सांसदलाई देउवाको निर्देशन : दसैं भत्ता तत्काल फिर्ता गर

काठमाडौं कात्तिक ३ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दशैं भत्ताबापत सरकारले प्रदान गरेको रकम फिर्ता गर्न सांसदहरूलाई निर्देशन दिएका छन् ।

सभापति देउवाले पार्टीका सबै सांसदलाई सोमबार यस्तो निर्देशन दिएका हुन्। कांग्रेसका धेरै सांसदहरूले यस्तो संकटका बेला भत्ता लिनु लज्जाजनक हुने भन्दै आइतबार नै फिर्ता गर्ने घोषणा गरेका थिए। प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका कांग्रेसका सबै सांसदको  खातामा आएको दशैं भत्ताबापतको रकम कोभिड- १९ उपचार कोषमा जम्मा गर्न संसदीय दलका नेता देउवाले निर्देशन दिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

कोरोना महामारीले सिंगो मुलुक संकटमा रहेको र सर्वसाधारण नागरिकलाई हातमुख जोड्न कठिन भइरहेका बेला सांसदहरूले तलबसहित दसैं भत्ता लिनु उचित नहुने भन्दै देउवाले यस्तो निर्देशन दिएका हुन्। माहामारी बेला दसैं भत्ता बाँड्ने सरकारले निर्णयको सबैतिरबाट विरोध तथा आलोचना भएको छ। यसबीचमा केही सांसदहरूले व्यक्तिगत रूपमा नै दशैं भत्ता फिर्ता गर्ने घोषणा गरिसकेका छन् । 

प्रतिक्रिया