नेपालमा कोरोनाबाट १ हजार ९ सय ३ काे मृत्यु

नेपालमा कोरोनाबाट १ हजार ९ सय ३ काे मृत्यु

काठमाडौँ : मुलुकभर ४१२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा बिहीबार देशभर ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा १८२ महिला र २३० पुरुष रहेका छन् । २४ घण्टामा ५ हजार १३२ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ६९ हजार २९२ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ५८ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा ४८३ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ ।२४ घण्टामा कोरोनाबाट ४ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९०३ रहेको छ । यस्तै काठमाडौं उपत्यकामा थप २५१ जना कोरोना संक्रमित भएका छन् । २४ घण्टामा संक्रमित हुनेमा १११ महिला र १४० जना पुरुष रहेका छन् ।

प्रतिक्रिया