प्राप्त उपलब्धीहरु क्षय हुँदै गए: नेपाली

प्राप्त उपलब्धीहरु क्षय हुँदै गए: नेपाली

दैलेख : नेपाल दलित मुक्ति संगठनका केन्द्रीय सदस्य गोपाल नेपालीले शासकको स्वभाव र कार्यशैली विपन्न तथा पिछडिएको वर्गको न्याय प्राप्ती हुन नसक्ने बताएका छन् । मुक्ति संगठनको आज दैलेखमा हुने भेलामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको अकमण्र्यताले जनयुद्ध र २०६२–०६३को जनआन्दोलनको बलले प्राप्त उपलब्धीहरु क्षय हुँदै गएको नेपालीले टिप्पणी गरे ।
त्यसबखत नेकपाका कर्णाली प्रदेश कमिटीका सदस्य एवं प्रतिनिधिसभा सदस्य पार्वती बिशुन्केले विभिन्न राजनीतिक आन्दोलनले प्राप्त उपब्धी रक्षा गर्दै आमुल परिवर्तनको निम्ति अझैं संघर्ष गर्नुपर्ने आवश्यकता औल्याइन् ।
मुक्ति संगठनका जिल्ला अध्यक्ष चक्रलाल सुनारको अध्यक्षतामा भएको कार्यकर्ता भेलामा कर्णाली प्रदेशसभाका सदस्य अम्मरबहादुर थापा, नेकपाका कर्णाली प्रदेश कमिटीका सदस्यहरु टेकबहादुर खाण, कर्णबहादुर बस्नेत, मयारा अधिकारी लगायतले दलित उत्पीडितहरुको अधिकार र राजनीतिक कार्यभार विषयमा चर्चा गरेका थिए । भेलामा सहभागीहरुले पार्टीमा आएको अघोषित विभाजनले लामो समय संगै संगठनमा काम गरेका मीत्रहरुवीच विवाद सिर्जना हुने गरेकोले यसको उचित र दिगो समाधान निकाल्न सुझाव दिएका थिए ।

प्रतिक्रिया