गण्डकी प्रदेश प्रमुखमा पौडेल र सुदूरपश्चिममा यादव नियुक्त

गण्डकी प्रदेश प्रमुखमा पौडेल र सुदूरपश्चिममा यादव नियुक्त

काठमाडौँ : मन्त्रिपरिषद्ले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश प्रमुखमा सीता पौडेल र गंगाप्रसाद यादवलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेश प्रमुखमा पौडेललाई र सुदूरपश्चिम प्रदेश प्रमुखमा यादवलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्ने निर्णयसँगै पौडेल र यादवलाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।पौडेल र यादवलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नै शपथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ । पौडेल एमाले नेतृ हुन् भने यादव पूर्व उपसभामुख हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले यसअघि माओवादी केन्द्रबाट प्रदेश प्रमुख भएका प्रदेश २ का तिलक परियारलाई पनि हटाएको थियो । उनको ठाउँमा राजेश झा (अहिराज)लाई नियुक्त गरिएको थियो ।

प्रतिक्रिया