पुरानै मन्त्रीहरुलाई निरन्तरता

पुरानै मन्त्रीहरुलाई निरन्तरता

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन, शीतलनिवासमा शुक्रबार आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबीनेटमा रहेका सबै मन्त्रीलाई पुन: नियुक्ति गरेका छन्। प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको सपथ लिएसँगै मन्त्रिपरिषद् गठन गरेका हुन्।

प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्। 

संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अंगका प्रमुखलगायत सहभागी थिए।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरेकी थिइन। तर समयावधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दल असफल भएका थिए । प्रधानमन्त्री ओलीको यो तेस्रो प्रधानमन्त्रित्व काल हो ।

पुन: मन्त्री भएकाहरु

केपी शर्मा ओली – प्रधानमन्त्री/रक्षा 

ईश्वर पोखरेल – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपप्रधानमन्त्री 

रामबहादुर थापा – गृहमन्त्री 

टोपबहादुर रायमाझी – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री  

विष्णुप्रसाद पौडेल – अर्थमन्त्री  

प्रदीपकुमार ज्ञवाली- परराष्ट्रमन्त्री

हृदयेश त्रिपाठी- स्वास्थ्य तथा जनसंख्या मन्त्री 

लेखराज भट्ट- उद्योग, वाणिजय तथा आपूर्ति मन्त्री 

कृष्णगोपाल श्रेष्ठ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री  

प्रभु शाह – सहरी विकास मन्त्री 

भानुभक्त ढकाल – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री  

मणिचन्द्र थापा – खानेपानी मन्त्री 

पद्माकुमारी अर्याल – कृषि तथा पशुपन्छि विकास मन्त्री 

बसन्त कुमार नेम्वाङ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री 

गौरीशंकर चौधरी – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री 

पार्वत गुरुङ -सञ्चार तथा सूचना प्रविधिमन्त्री 

शिवमाया तुम्बाहाङफे – भूमि व्यवस्था सहरी तथा गरिबी निवारण मन्त्री

लिलानाथ श्रेष्ठ  कानुन न्याय तथा संसदीय मामिला मन्त्री 

गणेशसिंह ठगुन्ना – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री 

प्रेम बहादुर आले – वन तथा वातावरण मन्त्री 

जुली कुमारी महतो -महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री

दावा लामा तामाङ – युवा तथा खेलकुद मन्त्री 

नवराज रावत – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री

रामवीर मानन्धर – सहरी विकास राज्यमन्त्री  

विमला विक  – उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री 

प्रतिक्रिया