कर्णाली राजमार्गमा जीप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु

कर्णाली राजमार्गमा जीप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु

दैलेख : कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जुम्लाबाट सुर्खेत जाँदै गरेको जीप कर्णाली राजमार्ग अन्तरगर्त दैलेखको दुल्लु नगरपालिका–३ स्याँलामा दुर्घटनामा परेको हो। जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठका अनुसार बा २० च ७१५ नम्बरको जीपमा दुई जना मात्रै यात्रु सवार थिए। जीपमा सवार जुम्लाको गुठिचौर गाउँपालिका–४ का ३८ वर्षीय रामहरी न्यौपाने र सोहि ठाउँकी २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए। 

जीप ब्रेक फेल भई दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। जीप सडकबाट झण्डै पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ।  दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।   

प्रतिक्रिया