कांग्रेस महाधिवेशन स्थगितको माग गर्दै परेको रिट खारेज

कांग्रेस महाधिवेशन स्थगितको माग गर्दै परेको रिट खारेज

काठमाडौँ : सर्वोच्च अदालतले कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै परेको रिट खारेज गरेको छ । कांग्रेसका महासमिति सदस्य एवं वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन रोक्न माग गर्दै १८ भदौमा रिट दायर गरेका थिए ।

बिहीबार सो रिटमाथिको सुनुवाइका क्रममा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट निवेदन खारेज गरिदिएको हो । वैद्यले रिटमार्फत् महामारीको समयमा महाधिवेशन गर्दा कोभिड–१९ को संक्रमण फैलिन सक्ने भन्दै नियन्त्रण भएपछि मात्रै महाधिवेशन गर्ने गरी आदेश माग गरेका थिए ।

प्रतिक्रिया