बालबिबाह रोक्न छलफल

बालबिबाह रोक्न छलफल

दैलेख : दैलेखको भैरबी गाउँपालिकामा बाल विवाह रोकथामका लागि छलफल गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको आयोजना तथा भैरबी प्रहरी चौकीको सहजीकरणमा छलफल गरिएको हो ।
भैरबी गाउँपालिका वडा नम्बर ४ र ५ मा गठित महिला समूहलाई समुदायमा बालबिबाह कसरी रोक्ने ? समुदायमा कस्ता खालका हिंसा दुव्र्यवहार भइरहेका छन् ? कसरी अन्त्य गर्ने ? मदिरालाई कसरी बन्द गर्ने लगाएतका विषयमा छलफल भएका हो । प्रहरी चौकी भैरबीका इन्चार्ज गोपिलाल खड्काको सहभागीतामा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको बताईएको छ ।

प्रतिक्रिया