‘मङ्गलम्’ युट्युबमा, पुष्पको अभिनयको प्रशंसा

‘मङ्गलम्’ युट्युबमा, पुष्पको अभिनयको प्रशंसा

काठमाडौं : अभिनेता पुष्प खड्कालाई २०७४ सालको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा उत्कृष्ट नायकको अवार्ड  दिलाएको चलचित्र ‘मङ्गलम’ युट्युबमा रिलिज भएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक यो चलचित्रलाई दर्शकले उत्कृष्ट भनेका छन् । यो चलचित्रमा शिल्पा पोखरेल, पुष्प खड्का, साम्राज्ञी आरएल शाह, मिथिला शर्मा, पृथ्वीराज प्रसाइँ, निर शाह लगायतका कलाकारको अभिनय छ ।

छविराज ओझा प्रोडक्सन र गुण सिनेमा प्रालिको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा गोविन्द फुयाँलको कथा, नवल नेपाल र गोविन्द फुयाँलको संवाद, विष्णु कल्पितको छायांकन, दीपक शर्माको संगीत र मित्र डी गुरुङको सम्पादन छ । यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । नवलको निर्देशकीय पाटोलाई दर्शकले प्रशंसा गरेका छन् ।

छविराज ओझा कार्यकारी निर्माता रहेको यो चलचित्रले हलमा पनि राम्रै व्यापार गरेको थियो । युट्युबमा चलचित्र हेरेका अधिकांश दर्शकले अभिनेता पुष्प खड्काको अभिनयको उच्च प्रशंसा गरेका छन् । पुष्पको अभिनयको प्रशंसा गर्दै चलचित्र हेर्दा धेरै पटक रोएको धेरैले लेखेका छन् ।

प्रतिक्रिया