एमसीसी कार्यान्वयनको दिशामा : केन्द्रीय सदस्य राना

एमसीसी कार्यान्वयनको दिशामा : केन्द्रीय सदस्य राना

सुर्खेत : नेपाली काँग्रेसका केन्द्रीय सदस्य सीता कुमारी रानाले एमसीसी कार्यान्वयनतर्फ अघि बढेको बताएकी छिन् । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै केन्द्रीय सदस्य रानाले एमसीसी कार्यान्वयन तर्फ अघि बढेको बताएकी हुन् ।

बिहीवार नेपाली काँग्रेस सुर्खेतको गुर्भाकोट नगर कार्यसमितिले आयोजना गरेको बधाई ज्ञापन तथा सम्मान कार्यक्रममा केन्द्रीय सदस्य रानाले एमसीसीबारे अध्ययन नै नगरी विरोध गर्न नहुने समेत बताइन् । सत्ता गठबन्धनमा लामो छलफल र रस्साकस्सीपछि आइतबार प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य रानाले नेपाली काँग्रेसलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिइन् । ‘नेपाली काँग्रेसलाई एकताबद्ध बनाएर आसन्न निर्वाचनमा सबै स्थानीय तहमा जीत हासिल गर्नुपर्छ,’ उनले भनिन् ।

कार्यक्रममा गुर्भाकोट नगरपालिकाका नगर प्रमुख एवं नेपाली काँग्रेस गुर्भाकोट नगर कार्यसमिति सभापति हस्त पुन, नगर उप प्रमुख एवं नेपाली काँग्रेस कर्णाली प्रदेश कार्य सम्पादन समिति सदस्य मैना वि.क. लगाएतका नेपाली काँग्रेसका नेता कार्यकर्ताको सहभागि थियो ।

प्रतिक्रिया