जातीय भेदभाव गर्ने गुरुकुललाई कारबाही गरियोस् : सांसद विसुन्के

जातीय भेदभाव गर्ने गुरुकुललाई कारबाही गरियोस् : सांसद विसुन्के

काठमाडौँ : नेकपा एकीकृत समाजवादीकी सांसद पार्वती विसुन्केले दलित विद्यार्थीलाई भर्ना नगर्ने ललितपुरको गुरुकुललाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरेकी छिन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसद विसुन्केले शंखमुलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकुलले दलित समुदायका चार बालकलाई भर्ना नगरेर फर्काएकोप्रति आपत्ति जनाइन् ।

उनले गुरुकुलले नियोजितरुपमै दलित समुदायमाथि जातीय भेदभावको भावना राखेको पाइएको भन्दै कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएकी हुन् । बर्दियाको बारबर्दिया नगरपालिका–६ का चार जना दलित बालकहरु गुरुकुलमा भर्ना हुने पुगेका थिए । तर, गुरुकुलले अभिभावकसहित बालकहरुलाई एक रात आश्रममै राखेपछि सिट नभएको भन्दै फिर्ता पठाइदिएको थियो ।

प्रतिक्रिया