संरक्षणको पर्खाइमा राजधानीका मठमन्दिर र मूर्ति

संरक्षणको पर्खाइमा राजधानीका मठमन्दिर र मूर्ति

                        बसन्तपुरको गोरखनाथको मन्दिर तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाण्डौ : काठमाण्डौलाई मन्दिर नै मन्दिरको सहरको रुपमा चिनिन्छ । यहाँ पाइला पाइलामा मठ मन्दिर छन्, चोक नै पिच्छे अनेकौँ देवी देवताका मूर्ति भेटिन्छन् ।

कतै मन्दिरभित्र त कतै खुला ठाउँमा रहेका यस्ता मूर्तिहरुको अवस्था भने धेरै ठाउँमा दयनीय देखिन्छ । काठमाण्डौ उपत्यकामा रहेका थुप्रै मन्दिर र मूर्तिहरु संरक्षणको अभावमा रहेका देखिन्छन् ।

कतै रुख उम्रेर ढल्नै लागेको मन्दिर, पानीले खिइएका मूर्ति त कतै अबीर र अक्षताको असरले प्वाल परेका मूर्तिहरु भेटिन्छन् । कतै भने फोहर अनि झारैझारको बीचमा भगवानको मूर्ति देखिन्छन् ।

कतिपय ठाउँमा रहेका मन्दिर र मूर्तिको सुरक्षाका लागि भने डण्डीको बार र चोरीबाट बचाउन काँडेतार टाँगिएको पनि भेटिन्छ। कहीँ मन्दिर परिसरमा पुनर्निर्माणका क्रममा टहरा बनाइएको देखिन्छ तर कतै डण्डी बाँधेर यत्तिकै छाडिएको देखिन्छ । तर, थुप्रै मन्दिर र मूर्तिहरुको संरक्षण सोचेअनुरुप हुन सकेको छैन ।

 

 

प्रतिक्रिया