कपुरकोटले थाल्यो स्वास्थ्य संस्थाबाट विदाको दिनमा पनि सेवा प्रवाह

कपुरकोटले थाल्यो स्वास्थ्य संस्थाबाट विदाको दिनमा पनि सेवा प्रवाह

सल्यान : जिल्लाको कपुरकोट गाउँपालिकाले सार्वजनिक विदाको दिनमा पनि आफ्नो पालिकाभित्रका स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य सेवा सुरु गरेको छ । ६ वटै वडा स्थित स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट सार्वजनिक विदाको दिनमा पनि सेवा प्रवाह हुन थालेको हो ।

आवश्यक जनशक्तिको व्यवस्थापन सहित विदाको दिनमा पनि आधारभुत तथा आकस्मिक स्वास्थ्य सेवा सुरु गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले बताए । ‘स्वास्थ्य सेवाको सर्वव्यापी पहुँचलाई जोड दिदै हामीले नीति तथा कार्यक्रम पनि पारित गरेको छौँ, त्यसै अनुसार शनिबार लगाएत अन्य सार्वजनिक विदाको दिनमा पनि स्वास्थ्य संस्थाहरु खुल्ला राख्ने र सेवादिने व्यवस्था मिलाएका छौँ,’ अध्यक्ष पुनले भने ।

विदाको दिनमा पनि स्वास्थ्य संस्था खोलेर सेवा दिने स्वास्थ्यकर्मीको सुविधाका लागि आवश्यक बजेट पनि विनियोजन गरिएको उनको भनाई छ । खोप तथा पोषण कार्यक्रम, बालरोग व्यवस्थापन तथा नवजात शिशु स्याहार कार्यक्रम, परिवार स्वास्थ्य कार्यक्रम, प्राथमिक स्वास्थ्य सेवा, रोग नियन्त्रण तथा महिला स्वास्थ्य स्वयमसेविका जस्ता कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालनका लागि जनप्रतिनिधी लगाएत सरोकारवालासंग समन्वयलाई पनि जोड दिइएको गाउँपालिकाले जनाएको छ ।

 

 

प्रतिक्रिया