चिसोमा बालबालिकालाई कसरी जोगाउने ?, यस्ता छन् उपाए

चिसोमा बालबालिकालाई कसरी जोगाउने ?, यस्ता छन् उपाए

काठमाडौं : चिसोको समयमा बालकालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन्छन्  । यो समयमा बालबालिकामा निमोनिया लगायतका रोगहरु देखा पर्दछ ।

बालबालिकाहरुको नाक घाँटी र वातावरणमा रहेका सूक्ष्म जिवाणु र विषाणुहरु सास फेर्दा वा अन्य कुनै माध्यमबाट फोक्सोमा पुग्यो भने फोक्सोको संक्रमण हुन सक्छ।खोक्दा वा हाछ्यु गर्दा पनि हावाको माध्यमबाट फोक्सोमा पुगी संक्रमण हुने सम्भावना रहन्छ ।

लक्षण
–श्वासप्रश्वास दर बढ्ने

–ज्वरो आउने

–खोकी लाग्ने

– छातीको तल्लो भागमा रहेका मांसपेशी भित्र पस्ने

– श्वास फेर्न कठिन हुने

– ससाना बालबालिकाहरुले आमाको दुध नचुस्ने

कसरी जोगाउने ?
– बालबालिकालाई जन्मेदेखि १५ महिनाको उमेर भित्र दिइने खोप लगाउनुपर्छ

– पर्याप्त मात्राको पोषणले बालबालिकाको रोगसँग लड्न सक्ने क्षमतामा बृद्धि गर्छ। बालबालिकालाई आमाको दूध र थप आहार प्रसस्त खुवाउनुपर्छ ।

– धुवाँधूलो र चिसोबाट बालबालिकालाई सधै सुरक्षित राख्नुपर्छ ।

– बालबालिकाहरुलाई एलर्जी गराउने पदार्थहरु जस्तै परागका कणहरु, शरीरमा छर्कने सुगन्धित बास्नाहरु आदिबाट जोगाउनुपर्छ ।

– सुरक्षित गर्भजाँच र प्रसूति सेवामा ध्यान दिनुपर्छ ।

– बालबालिकाको सरसफाइमा ध्यान दिनुपर्छ ।

निमोनिया भएमा ढिलो नगरी चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा एन्टिबायोटिक औषधिद्धारा उपचार गर्नुपर्छ । आफूखुशी औषधी किनेर खानु हुँदैन । गम्भीर खालको निमोनिया छ भने अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्छ ।

अन्य टिप्स

– पहिलो चार महिनासम्म बच्चालाई केवल आमाको स्तनपान गराउनुपर्छ ।

– पाँचौ महिनादेखि उम्लिएको पानी चिसो बनाएर चम्चाले पिलाउनुपर्छ ।

– कुनैपनि उमेरमा बोत्तलबाट बच्चालाई कुनैपनि पेय पिलाउनु राम्रो होइन ।

– त्यसपछि विस्तारै विस्तारै ठोस पदार्थ सामेल गर्नुपर्छ ।

– छैठौं महिनामा केरा र दुध मिसाएर दिनमा एक पटक दिन सकिन्छ । साथसाथै स्याउ, मेवा पनि दिन सकिन्छ ।

– सप्ताहमा एक पटक राम्ररी पकाएको सब्जीमा अभ्यस्त गराउनुपर्छ ।

– सातदेखि आठौं महिनादेखि दाल वा खिचडी राम्ररी पकाएर दिनमा चार चम्चा जति दिन सकिन्छ ।

– नवौं महिनादेखि गाई वा भैंसीको दुध गिलासमा हालेर दिन सकिन्छ ।

– आमाको दुध जहिलेसम्म पिउँछ, त्यसबेलासम्म जारी राख्नुपर्छ ।

– एक बर्षपछि सन्तुलित वा पूर्ण आहार दिनुपर्छ ।

– जाडोमा डाइपरको बढी आवश्यक्ता हुन्छ । किनभने चिसोले गर्दा उनीहरु छिनछिनमा पिसाव फेरिरहन्छन् । त्यसैले डाइपर कस्तो अवस्थामा छ भनेर बेला बेला हेर्नुपर्छ ।

जाडोमा के समस्या हुनसक्छ ?

– सामान्य ज्वरो

– निमोनिया

– ब्रोन्काइटिस

– कानको संक्रमण

– मस्तिष्क ज्वरो

– भाइरल फिवर

कतिबेला चिकित्सककहाँ लाने ?

धेरै ज्वरो आएमा, सास फेर्न गाह्रो भएमा, आमाको दुध चुस्न छाडेमा, अत्याधिक सुस्त देखिएमा चिकित्सककहाँ लानुपर्छ ।

प्रतिक्रिया