स्वास्थ्य सामग्री सहयोग

स्वास्थ्य सामग्री सहयोग

हुम्ला :  हुम्लाको खार्पुनाथ गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । स्वास्थ्य विभागले रु १५ लाख ६५ हजार ९६ बराबरको स्वास्थ्य सामग्री स्वास्थ्य सेवा कार्यालय हुम्लामार्फत खार्पुनाथ गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक भण्डारीले भिडियो एक्सरे, स्वाव परीक्षण मेसिन, प्रिन्ट मेसिनलगायतका सामग्री स्वास्थ्य सो गाउँपालिकाका शाखा प्रमुख बलिराज भण्डारीलाई हस्तान्तरण गराएका छन् ।

स्वास्थ्य सामग्री प्राप्त भएसँगै खार्पुनाथ गाउँपालिकाले यसअघि दिँदै आएको स्वास्थ्य सेवामा थप प्रभावकारी हुने जनाइएको छ । स्वास्थ्य शाखा प्रमुख शाहीले विशेषगरी गर्भवतीको स्वास्थ्य परीक्षण गर्न भिडियो एक्सरेले सहयोग पुग्ने बताए ।

यसअघि भिडियो एक्सरे सेवा लिन सदरमुकामका रहेको जिल्ला अस्पतालमा धाउनुपर्ने अवस्था रहेको थियो । जिल्लाका ग्रामीण भेगका स्वास्थ्य संस्था पछिल्लो समय प्रविधिमैत्री हुँदै गएका छन् ।

प्रतिक्रिया