गरिव घरपरिवारलाई परिचयपत्र वितरण सम्बन्धि ६ दिने घुम्ती शिविर संचालन

गरिव घरपरिवारलाई परिचयपत्र वितरण सम्बन्धि ६ दिने घुम्ती शिविर संचालन

दैलेख :  जिल्लाको महाबु गाउँपालिकाले गरिव घरपरिवारलाई परिचयपत्र वितरण सम्बन्धि ६ दिने घुम्ती शिविर संचालन गरेको छ । मंगलबारबाट गाउँपालिकाका प्रत्येक वडामा घुम्ती शिविर संचालनमा ल्याएको हो ।
गरिव घरघुरी पहिचानको तथा परिचय बितरण कार्यविधि २०७५ बमोजिम भुमि व्यवस्था, सहकारी तथा गरिबी निर्माण मन्त्रालयबाट प्राप्त गरिव घरपरिवार परिचयपत्र बितरण सम्बन्धि ६ दिने महाबुमा घुम्ती शिविर संचालन गरेको गाउँपालिका अध्यक्ष लछुमन गरुङ्गले बताए ।

मंगलबार गाउँपालिकाको १ नं. वडा कार्यलयमा एक अनौपचारिक कार्यक्रम बीच कार्यक्रमको सुरुवात गरिएको छ । गाउँपालिका अध्यक्ष, लछुमन गुरुङले, र उपाध्यक्ष मन्जु शर्मा पाण्डेले १ नं. वडाका प्रेमबहादुर मेदासीलाई गरिव परिवारलाई परिचयपत्र बितरण गर्दै कार्यक्रमको सुरुवात गरेका थिए ।

मंगलबार भएको कार्यक्रबाट सुरुभएको गरिव परिवारलाई परिचयपत्र बितरण बुधबार वडा नं. २ हुदै क्रमश ६ वटा वडाहरुमा संचालन हुने गाउँपालिकाले जनाएको छ ।
वडा नं. १ मा १ सय २७ जना गरिव घरघुरी छनोट भएका थिए भने गाउँपालिका भरी एक हजार ३८ जनाले गरिव परिचयपत्र पाउने छन् ।

प्रतिक्रिया