दुई कक्षामा पढ्ने छोराले सोध्यो, बाबा आज किन बिदा भयो ?

          |   प्रकाशित मितिः सोमवार, फाल्गुन १, २०७९     ::: 89 पटक पढिएको   |  

उत्तर:
आफ्नै भाइले दाइ काटेको थियो
निर्दोष भाइ लाई दाइले रेटेको थियो
दिनभर खेती किसानिले थाकेको ज्यान
रात परेपछि रगताम्या भएथ्यो ओछ्यान।
यसैले आज बिदा छ छोरा ।
बर्दियाको रम्बापुर ब्यारेकमा दाइ ढले
कर्णाली चिसोपानीमा साइला मामा जले
गुलेरियामा २१ बर्षको छोरा गृहयुद्धम परेपछि
साइलाबा अझै होसमा छैनन् खबर कानमा परेपछि
भर्खर बिहे गरेकी दिदिको सिंदुर पुछियो
कान्छा भिनाजुलाइ जासुसीमा मुछियो
मास्टरबालाइ गौडामा रोकेर हात खुट्टा बादियो
जिम्बलबालाई जिउँदै खाडलमा खादियो।
यसैले आज बिदा छ छोरा ।
कालिकोटमा टुक्राटुक्रा गरिए लासहरु
रुकुमको खारामा बन्द भए कयौं स्वासहरु
रोल्पामा खोजीखोजी जलाइए गोठहरु
बालबालिका देखि वृद्धहरुको सुस्ताए ओठहरु।
यसैले आज बिदा छ छोरा ।
स्कुल पड्न गएका आठ कक्षाको राम र हरि
अहिलेसम्म घर फर्केका छैनन्,भेटिएनन वरिपरि
लमजुङ्को विचौरको युद्धमा हाम्रै फुपाज हारे
घाँटी रेटेएर स्थानीय सर्वसाधारण समेत मरे।
यसैले आज बिदा छ छोरा ।
ओखलढुङ्गाको रुम्जाटारमा धेरैको हत्या गरियो
सिन्धुलि भिमानमा पनि करिब २०० लाई गुमाइयो
अछामको अमानवीय कथाको कुरै नगरम सुन्न सकिन्न
आफ्नैले आफ्नै मारेको इतिहास नेपालमा भुल्न सकिन्न
यसैले आज बिदा छ छोरा ।
दाइले हार स्वीकार गरेपछि पनि निरिह बनेर
भाइले बर्बरतापुर्ण तवरले हत्या गर्यो भ्रष्ट भनेर
चितवनको शक्ति खोरमा जिउँदै जलेका अबोधहरु
कठै कोपिलामै झरे मुना,मदन,सृष्टि शान्ती र प्रमोदहरु
त्यसैले आज बिदा छ छोरा ।
देशै भरी युद्ध यसरी चर्काइयो कतिलाइ सेरियो
कतिलाइ तड्पि तड्पि पानी पानी भनेको हेरियो
बञ्चरोले टाउकोमा ढालियो भिरबाट फालियो
गोली हानेर छियाछिया सबमा रमाउन थालियो
यसैले आज बिदा छ छोरा ।
सल्यान सितलपाटीमा हाम्रा ठुल्दाइलाई लाग्यो
कञ्चटमा गोली लागेको पल्लाघरे भाइ पनि गयो
भकुण्डेबेँसीको आक्रमणमा मारिए हाम्रै भाइहरु
अचानोमा राखेर गिँडिए खारामा हाम्रै दाइहरु
कलम समात्ने हातहरुमा राइफल थमाइयो
बेनिमा छरपस्ट आत्महरुमा हुकुम जमाइयो
युद्धमा होमियो सहादत अंगभंग अपांग बनाइयो
दाजु-भाई, दिदि-बहिनीहरु नै शत्रु भनी चिनाइयो
यसैले आज बिदा छ छोरा ।
सिमित बर्गको दुनो सोझ्याइ आलिशान महल दिइयो
राजनैतिक स्वार्थले आफ्नै दाजु-भाई पक्ष-विपक्ष भनियो
देशले के पायो नसोध्नु भाइभाइ लडेर गणतन्त्र आएको हो
गृहयुद्धले जनयुद्द नामकरण गर्यो त्यसैले आज बिदा भएको हो
त्यसैले आज बिदा छ छोरा ।।
जनयुद्ध दिवस को शुभकामना । -राकेश मल्लको फेसबुक पेजबाट सभार गरिएको


Leave a comment

Your email address will not be published.


*