ठाटीकाँधमा देउडा खेल प्रतियोगिता सम्पन्न

ठाटीकाँधमा देउडा खेल प्रतियोगिता सम्पन्न

ठाटीकाँध  : आज ८ मार्च, अन्तर्राष्ट्रिय नारी दिवस । देशभर विभिन्न कार्यक्रम गरि नारी दिवस मनाइएको छ । सोही अवसरमा दैलेखको ठाटीकाँध गाउँपालिकामा पनि नारी दिवस मनाइएको छ ।

एइआइएन लक्जेम्बर्गको सहयोग ठाटीकाँध गाउँपालिकाको साझेदारी तथा सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाद्धारा ठाटीकाँधमा आयोजना गरि दिवस मनाइएको हो ।

लैङ्गिक समनताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुचको विस्तार भन्ने मुल नाराका साथ मनाइएको हो । महिला दिवसको अवसरमा देउडा खेल प्रतियोगिताको आयोजना गरिएको थियो ।

लैङ्गिक समनताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुचको विस्तार भन्ने मुल नारालाई मध्य नजर गर्दै ठाटीकाँध गाउँपालिकाका वडा नम्बर १, २, ५, र ६ वडाको सहभागिता रहेको थियो । प्रतियोगितामा जम्मा ११ वटा समूह रहेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि ठाटीकाँध गाउँपालिकाका अध्यक्ष रक्ष बहादुर शाहि रअेका थिए । कार्यक्रमको अध्यक्ष्ता महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सारदा रावतको रहेको थियो ।

अथितिमा ठाटीकाँध गाउँपालिकाका शिक्षा शाखा प्रमुख नेत्र बहादुर थापा रहेका थिए । त्यस्तै कार्यक्रममा प्रथममा तिनधारा आमासमुह ठाटिकाध ६ भडाचौर , दोस्रो चेतना परिवर्तन आमा समूह ठाटिकाध ६ तेस्रो जनचेतना आमा समूह ठाटिकाध ६, र चौथो सगरमाथा आमा समुह ठाटिकाध ६ स्थान हासिल गर्न सफल भएको बताइएको छ ।

प्रतिक्रिया