‘एचथ्री एनटू’ भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या ९ पुग्यो

‘एचथ्री एनटू’ भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या ९ पुग्यो

 

काठमाडौँ – भारतको नयाँदिल्ली, महाराष्ट्र र गुजरातलगायतका राज्यमा फैलिरहेको ‘एचथ्री एनटू’ भाइरसबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

अहिलेसम्म भारतमा ३५२ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी महाराष्ट्रमा यसको प्रभाव देखिएको भारतीय मिडियाले उल्लेख गरेका छन्। बीएमसीकाअनुसार मुम्बईमा मात्रै ३२ जनामा संक्रमओ पुष्टि भएको छ ।

‘एचथ्री एनटू’ को खतरा बढ्दै गएपछि त्यहाँका मुख्यमन्त्री एकनाथ शिन्देले आज स्वास्थ्य अधिकारीहरूसँग बैठकसमेत डाकेका छन्। बैठकमा उपमुख्यमन्त्री देवेन्द्र फडणवीस र स्वास्थ्यमन्त्री तानाजी सावन्त पनि सहभागी हुनेछन् ।

बिरामीहरूले लामो समयसम्म खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गरेको छ । स्वास्थ्य मन्त्रालयले एकीकृत रोग निगरानी कार्यक्रम (आईडीएसपी) सञ्जालमार्फत विभिन्न राज्यमा मौसमी फ्लुको अवस्थाबारे अध्ययन गरिरहेको छ । भारतको काउन्सिल अफ मेडिकल रिसर्चले पनि मौसमी फ्लुको रोकथामका लागि सावधानीबारे परामर्श जारी गरेको छ ।

प्रतिक्रिया