बाटोमै बच्चा जन्माउछन् दुर्गम ठाउँका आमा

बाटोमै बच्चा जन्माउछन् दुर्गम ठाउँका आमा

सल्यान –  दुर्गम ठाउँमा यातायात सुविधा छैन। ग्रामीण सडक भए पनि भनेको समयमा गाडी आवतजावत हुँदैन । स्वास्थ्य संस्था टाढा हुँदा झनै समस्या । भौगोलिक विकटता, परिवारको लाप्रवाही, आर्थिक अवस्था कमजोर जस्ता समस्याका कारण ग्रामीण क्षेत्रका महिला वीच बाटोमै सुत्केरी हुन बाध्य छन् । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका वडा न. २ चैतवाकी २० वर्षिया लक्ष्मी बुढालाई विहीबार सुत्केरी वेथालले च्यापेपछि मानिसहरुले वोकेर स्वास्थ्य चौकी बामे औलबेशी लैजादै गरिएको थियो ।

घरबाट हिडेर स्वास्थ चौकी औलबेशी पुग्न करिब ४ घण्टा लाग्छ । बाटोमा सुत्केरीलाई बोकेर त्यति टाढाको बामेकै एक मात्र बर्थिङसेन्टर भएको स्वास्थ्य चौकी औलबेशी पुर्याउनु समस्या नै थियो । समस्या भएपनि उनलाई स्वास्थ्य चौकीमा पुर्याउनु पर्ने बाध्यता पनि थियो । उनलाई स्वास्थ्य चौकी नपुर्याउदै बामे र औलबेशिको वीच बाटोमै बच्चा जन्माइन् ।

स्वास्थ्य चौकी औलबेशीमा कार्यरत स्वास्थक्रमी कामना साहुले आफुने खबर पाउन बित्तिकै बिच बाटोमै पुगेको तर पुग्नु भन्दा पहिले नै लक्ष्मीले बच्चालाई दिईसकेको बताउनुभयो । यसरी बाटोमै सुत्केरी हुनुपर्ने समस्यामा पर्ने भने उनी मात्र नभइ यस क्षेत्रमा यस्ता अन्य थुप्रै घटना सुन्नमा आउछन् ।

यस क्षेत्रका महिला आमाहरुका लागि नजिकमा प्रसूति गृह नहुनु मात्रै दुर्भाग्य होइन, । हाल प्रायः गाउँ ठाउँमा ग्रामीण सडक भए पनि कतिपय ठाउँमा अझै सडक सुविधा पुग्न सकेको छैन । बनगाड कुपिन्डे नगरपालिका ३ क एक स्थानीयले बताए अनुसार, स्वास्थ्य संस्था सम्म पुग्न सडक छैन, कतै सडक भए पनि एम्बुलेन्सको सुविधा हुँदैन, यसले गर्दा यहाँका महिला असुरक्षित ढंगले बाटोमै सुत्केरी हुन बाध्य छ्न ।

सुत्केरी जस्तो संबेदनशील अबस्थामा पनि कतिपय ठाउँमा अझै पनि शिक्षा र जन–चेतनाको कमीले घरमै असुरक्षित ढङ्गले सुत्केरी हुने गर्छ्न । र यसरी असुरक्षित सुत्केरी गराउँदा कतीपय आमा र बच्चाको ज्यानै समेत जाने गरेको पाइन्छ ।

प्रतिक्रिया