अन्त: समाजवाद आउने छ साईला दाई,(कविता)

अन्त: समाजवाद आउने छ साईला दाई,(कविता)

प्रेम प्रकाश वली (धमिल)
जाजरकोट

कहिले पनि रोक्नु हुन्न क्रान्तिको गाडी
नयाँ जोस उमंग बोकी आउदैछ साईला दाइ ।।

ए साईला, माईला, जेठा सबै
सबैले हेर्दै छ्न साईला दाई ।।
साँच्चिकै ईतिहास बन्ने छ त्यो तिम्रो गाउँ

कथित दलालहरुको कु–प्रचारको
प्रदाफास हुने छ साईला दाई ।।

लाखौं लाख युगान्तकारी युवाको भबिष्य
निधारण गर्ने आयम बन्ने छ साईला दाई ।।

साँच्चिकै अधुरो क्रान्तिको झण्डा निरन्तर
उठाउने बिश्वास बन्ने छ साईला दाई ।।

कथित राज्यको प्रतिबन्धको कारण अहिले पनि
जेल मोर्चा लड्नेहरुको हौसला बन्ने छ साईला दाई ।।

अधुरो क्रान्तिलाई पूरा गर्ने आँधी बेरी
बन्ने छ साईली भाउजू ।।

साम्राज्यवादी दलालहरुका विरुद्ध
लड्ने साहस बन्ने छ साईली भाउजू ।।

कथित संसदीय व्यवस्थाका विरुद्ध
डटेर लड्ने साहस गर्ने छ !

कथित संसदीय व्यवस्थाको चुनाव होईन
वैज्ञानिक समाजबादमा जाने निर्णायक
भुमिका खेल्ने छ ।

हाम्रा होनहार १२ जना महान सहिदहरुको
सपना साकार पार्ने एउटा महत्त्वपूर्ण भुमिका
खेल्ने छ ।

साँच्चिकै क्रान्तिको ज्वाला लिएर
आउने छ ।
हजारौंको ध्यानाकर्षण भएको बहुमत
ईतिहास कोर्ने छ ।

अन्ततः क्रान्तिकारीहरुकै जित सहित
समाजवादी क्रान्तिको झण्डा फहराउदै
वैज्ञानिक समाजबाद ल्याउने
दृढता बन्ने छ ।

प्रतिक्रिया