रौतहटमा भीषण आगलागी

रौतहटमा भीषण आगलागी

रौतहट –  रौतहटमा आइतबार भएको आगलागीमा कम्तिमा २१ वटा घरमा क्षति पुगेको छ । दिउँसो करिब साढे २ बजेदेखि माधवनारायण नगरपालिका वडा नं। ४ विसुनपुर्वा मानपुर टोलमा स्थानीय जिउत मुखियाको घरबाट आगलागी सुरु भएको थियो ।

उक्त आगलागीमा २ वटा बाख्रा र एउटा खसी जली मृत्यु भएको छ भने एक जना बालिकालाई आगोको रापले हातमा पोली सामान्य घाइते भएकी छिन् । आगलागीमा परेर अन्न, लत्ताकपडा, नगद तथा गरगहना जलेर नष्ट भएको छ ।आगलागी लगतै गौर र चन्द्रनिगाहपुरका प्रहरीलाई खबर गरेपनि ढिला गरी दमकल आइपुगेको भण्डारीको गुनासो छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो निभाउने कार्य भएको थियो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया