माओवादी केन्द्रको नगरभेला सम्पन्न

माओवादी केन्द्रको नगरभेला सम्पन्न

दैलेख – नेकपा माओवादी केन्द्रको नारायण नगर स्तरीय दोश्रो नगरभेला आज सम्पन्न भएको छ । भेलाका प्रमुख अतिथि केन्द्रीय सदस्य प्रेम कटुवालले पार्टी जनजीविकाका सवालहरुलाई वकालत र पैरबी गर्दै आएकोले दैलेखमा माओवादी केन्द्रप्रति आकर्षण बढेको बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादीका प्रस्तावित केन्द्रीय सदस्य टेकबहादुर खाणले कार्यकर्तालाई कम्यूनिष्ट नीति र विचार निर्माण गर्न अध्ययन जरुरी हुने र हरेक विषयको द्वन्द्वात्मक तरिकाले विश्लेषण गर्नुपर्ने चर्चा गर्नुभयो ।
नारायण नगर कमिटी अध्यग अजीत श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका कर्णाली प्रदेश कमिटी सदस्य भेषराज थापा, जिल्ला संयोजक गोपाल रिजाल लगायतका नेताहरुले बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेकाहरुलाई स्वागत गरिएको थियो ।

 

 

प्रतिक्रिया