म्याग्रेट कार्यक्रमका लागि भैरवीमा ट्याबलेट हस्तान्तरण

म्याग्रेट कार्यक्रमका लागि भैरवीमा ट्याबलेट हस्तान्तरण

सुर्खेत-  दैलेखको भैरवी गाउँपालिकामा विद्यार्थीहरुका लागि म्याग्रेट एप हस्तान्तरण गरिएको छ । एइ आइ एन लक्जेम्बर्गको आर्थिक सहयोग सोसेक नेपालद्धारा भैरवीमा संचालित आधार परियोजनाले उक्त सामाग्रि हस्तान्तरण गरिएको हो ।

आधार परियोजनामा कार्यरत कृषि प्राबिधिक सम्झना थापाका अनुसार म्याग्रेट म्याग्रेट एप इन्सटल गरेर कसरी चलाउने भन्ने विषयमा शिक्षकहरुलाई अभिमुखिकरण कार्यक्रमका साथ हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

भैरवी गाउँपालिका २ र ५ नम्बर वडा गरि दुइवटा विद्यालयमा उक्त सामग्रि हस्तान्तरण गरिएको हो । भैरवी गाउँपालिका २ रहेको पञ्चदेवल माध्यामिक विद्यालय रावतकोटमा ज्येष्ठ ४ गते हस्तान्तरण गरिएको छ ।

त्यस्तै भैरवी गाउँपालिका ५ मा रहेको हिमालय माध्यामिक विद्यालय डाडिमाडिमा ५ गते बितरण गरिएको बताइएको छ । भैरवीका दुइवटा विद्यालयमै ४ /४ थानका दरले बितरण गरिएको प्राबिधिक थापाको भनाई छ । आगामि आईतबारबाट कक्षामा प्रयोग हुने र गणित सिकाइमा थप टेवा पुग्ने उहाँको भनाई छ ।

ठाटीकाँधमा म्याग्रेट कार्यक्रमका लागि पाँच थान ट्याबलेट हस्तान्तरण

 

प्रतिक्रिया