नीति तथा कार्यक्रम अनुमोदन नगर्न ओलीको सांसदहरूलाई अपिल

नीति तथा कार्यक्रम अनुमोदन नगर्न ओलीको सांसदहरूलाई अपिल

काठमाडौँ –   पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रमलाई समर्थन नगर्न सांसदहरूलाई अपिल गर्नुभएको छ ।

कुनै नीति, सिद्धान्त र गन्तव्यबाट निर्देशित नभएको बजेटको नीति तथा कार्यक्रम कुनै हालतमा पास गर्न नहुने भन्दै ओलीले यसलाई अनुमोदन नगर्न सबै सांसदहरूलाई आग्रह गर्नुभएको हो ।

यस्तो नीति तथा कार्यक्रमलाई फिर्ता लगेर संशोधन, पुनर्लेखन गरेर ल्याउन उहाँले सरकारलाई आग्रह गर्नुभयो । अन्यथा संसदबाट छक्का हानेर नीति तथा कार्यक्रम आउट गर्ने उहाँले उद्घोष गर्नुभयो।

प्रतिक्रिया