नवनिर्वाचित प्रदेश सासंदलाई सम्मान

नवनिर्वाचित प्रदेश सासंदलाई सम्मान

दैलेख जिल्लाबाट निर्वाचित प्रदेश सभा सदस्यहरुलाई सम्मान गरिएको छ । नारायण क्याम्पस दैलेखले दैलेख बाट निर्वाचित ४ जना प्रदेश सासंद र नारायण नगरपालिका दैलेखका मेयर र उपमेयरलाई सम्मान गरिएको हो । नारायण क्याम्पस संचालक समितिका सदस्य तथा क्याम्पसमा अध्ययापन गरी सासंदमा निर्वाचित भएकाहरुलाई सम्मान गरिएको क्याम्पस संचालक समितिका अध्यक्ष टेक बहादुर खाणले   बताए ।
दैलेख निर्वाचन क्षेत्र नः १ प्रदेश (क)का सांसद धर्मराज रेग्मी, (ख) का सासंद अम्मर बहादुर थापा, निर्वाचन क्षेत्र नः २ प्रदेश (क) का सासंद शुशिल थापा र प्रदेश (ख) का सांसद राजब हादुर शाही र नारायण नगरपालिका दैलेखका मेयर रत्न बहादुर खड्का र उपमेयर सावित्री मल्ललाई सम्मान गरिएको छ । दैलेख निर्वाचन क्षेत्र नः १ प्रदेश (क) का सांसद धर्मराज रेग्मीले उक्त क्यापस बाट स्नातक उत्र्तिण गरेका थिए । भने अन्यलाई क्यापस संचालनमा सहयोग पु¥याएको भन्दै सम्मान गरिएको क्यापस प्रमुख दिपेन्द्र थापाले बताए । उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

प्रतिक्रिया