भदौदेखि बहुविवाह शब्द खारेज
काठमाडौं – आउँदो भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ ।
तर, भदौबाट लागू हुने नयाँ कानुनमा बहुविवाह भन्ने शब्दलाई नै बन्देज लगाइएको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापेको छ । बलात्कार गरेर हत्या गरेमा, अपहरण गरेर हत्या गरेमा, जातीय (जाति नै समाप्त हुने गरी) हत्या गरेमा आजीवन कारावासको व्यवस्था गरिएको छ ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ ले समाजमा गलत गतिविधि गर्नेलाई कडा कानुनी कारबाही गर्ने कानुन पारित गरेको छ ।
प्रतिक्रिया