गरिबीको कारकतत्व ‘बाल विवाह’

गरिबीको कारकतत्व ‘बाल विवाह’

दैलेख– सामाविक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष हीरासिंह थापाले बढ्दो बालविवाहले गरिबीको दर झनै बढाएको बताउनुभएको छ । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा संचालित सहयात्रा परियोजना द्धारा आयोजित वडा बाल संरक्षण समितिका पदाधिकारीहरुका लागि बार्षिक समिक्षाको समापन कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

बाल विवाह अन्त्य नभएसम्म कर्णाली प्रदेश संगै समग्र मुलुकको गरिबीमा कमी नआउने अध्यक्ष थापाको भनाई छ । “बालबालिकाको क्षेत्रमा खर्च गरिने बजेट खर्च होइन लगानी हो, बालबालिकाको अधिकार संरक्षणका लागि स्थानीय सरकार संवेदनशिल हुनुपर्छ,उहाँले भन्नुभयो ।”जोेखिममा परेका बालबालिकाको संरक्षण गर्ने पहिलो दायित्व स्थानीय सरकारको भएको बताउदै थापाले स्थानीय तह र बालबालिकाको अधिकारको क्षेत्रमा काम गर्दै आएका सामाजिक संघसंस्थाको सयुक्त प्रयासबाट मात्रै बालबालिकाको अधिकार संरक्षण गर्न सकिने धारणा राख्नुभयो । अर्को प्रशंगमा उहाँले स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिहरु मुलुक समृद्ध बनाउने अभियानको पहिलो खुड्किलो भएको बताउनुभयो ।

कार्यक्रममा गुरासँ गाउँपालिका ६ का वडाअध्यक्ष हिमबहादुर ओलीले समिक्षा कार्यक्रमको अवधीमा बालबालिकाको क्षेत्रमा गर्नुपर्ने कामको कानुनी व्यवस्थाबारे जानकारी पाएको बताउनुभयो । उहाँले बालबालिकाको अधिकार संरक्षणका लागि स्थानीय तहले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । बार्षिक समिक्षामा सहयात्रा परियोजनाको कार्यक्षेत्रका वडाबाल संरक्षण समितिका पदाधिकारीहरु सहभागि थिए । बार्षिक समिक्षा कार्यक्रम सेभ द चिल्ड्रेनका विनु श्रेष्ठ, सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका बाल संरक्षण अधिकृत निर्मल अधिकारीले सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया