जनप्रतिनिधि नै डोजर मालिक नबन्नुहोस

जनप्रतिनिधि नै डोजर मालिक नबन्नुहोस

हिक्मत बहादुर नेपाली
दैलेख- प्र
तिनिधि सभा सदस्य पार्वती विशुन्केले जनप्रतिनिधिलाई डोजर मालिक नबन्न सुझाव दिनुभएको छ । ‘जनप्रतिनिधि आफैले डोजर किनेर काम गर्नु राम्रो होइन्, संघीय सांसद विशुन्केले भन्नुभयो ‘जनप्रतिनिधि डोजर मालिक बनेर आफैंले बनाएको नीतिनियम मिच्नु हुँदैन् ।’ दैलेखको नौमूले गाउँपालिकामा आयोजित स्थानीय तहका जनप्रतिनिधि हरुसँगको भेटघाट कार्यक्रममा बसरमा सांसद विशुन्केले भन्नुभयो ‘जनप्रतिनिधि नै डोजर ‘मालिक’ बनेपछि स्थानीय तहबाट गरिने योजना कार्यान्वयनमा समस्या आउँछ ।’ संघीय संसदको सार्वजनिक लेखा समितिको सदस्य समेत रहनुभएको सांसद विशुन्केले अर्को प्रसंगमा भन्नुभयो ‘सुखी नेपाली र समृद्ध नेपालको गन्तव्यतर्फ मुलुक अघि बढिरहेको छ, अब कोही दुःखी हुनुपर्दैन,सरकारले परिणाम देखिने गरि काम गरिरहेको छ ।’
स्थानीय तहले छोरी शिक्षालाई प्राथमिकतामा दिनुपर्ने औल्याउँदै सांसद विशुन्केले स्थानीय तहहरुलाई सामाजिक विकास कोष खडा गर्नं आग्रह गर्नुभयो । नौमूले गाउँपालिकालाई आर्गानीक गाउँपालिका बनाउनुपर्नेमा जोड दिनुहँुदै सांसद विशुन्कले आफ्नो विकासमा राजनीतिक रंग नदिने प्रतिबद्धता जनाउनुभयो । सरकारले एक जिल्ला हुँदै अर्को जिल्ला जोड्ने सडक संजाल निर्माणलाई विशेष प्राथमिकता दिएको बताउँदै सांसद विशुन्केले भौतीक पूर्वाधारसँगै सामाजिक रुपान्तरणको आवश्यकता औल्याउनुभयो ।
सोहि अबसरमा महालेखा परीक्षकको कार्यालयका निर्देशक निर सुवेदीले स्थानीय तहले आफ्नो पालिकामा रहेका सम्भावनाहरुको खोजी गर्न आग्रह गर्नुभयो । आन्तरिक आय न्यून भएका स्थानीय तहको वित्तिय विकास हुन नसक्ने बताउँदै निर्देशक सुवेदीले आन्तरिक आय बढाउन तर्फ ध्यान दिन स्थानीय तहलाई सुझाव दिनुभयो । उहाँले स्थानीय तहलाई आर्थीक अनुशासन तर्फ संयमित हुन समेत आग्रह गर्नुभएको छ । निर्देशक सुवेदीले दैलेखका स्थानीय तहहरुलाई आन्तरिक नियन्त्रण प्रर्णाली लागु गर्न सुझाव दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका कर्णाली प्रदेश कमिटिका सदस्य मयाराम अधिकारीले अधिकार सम्पन्न स्थानीय तहका जनप्रतिनीधिहरु निराश नहुन आग्रह गर्नुभएको छ । विकासमा अपनत्व नभएसम्म विकास दिगो हुन नसक्ने उहाँको भनाई छ । ‘सुनको थालीमा भिक माग्ने प्रवृतिको अन्त्य हुनुपर्छ,’ अधिकारीले भन्नुभयो ‘दैलेखका सबै पालिकाहरुमा प्रशस्त सम्भावनाहरु छन्, त्यसको उपयोग गर्नुहोस् ।’ घेटघाटमा नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढा, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद कोइरालाले, वडाध्यक्षहरु गगन बहादुर रोकामगर, गज बहादुर ढिंगा, गाउँपालिकाका कर्मचारी लगाएत सहभागि थिए ।

प्रतिक्रिया