सेवा प्रवाहमा गुणस्तरियता ल्याउनुहोस्

सेवा प्रवाहमा गुणस्तरियता ल्याउनुहोस्

दैलेख वैशाख २७ गते ।
नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले नगरपालिकाको सेवा गुणस्तरीयतामा कुनै कमी हुन नदिन सेवाप्रदायकहरुलाई आग्रह गर्नुभएको छ । जिल्ला सदरमुकाममा आइरहेको खानेपानीको मुहानदेखि धारासम्मको पानी शुद्धता विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।
लगातार ३ वर्षको नियमित अनुगमन तथा परीक्षण पछि सदरमुकाममा उपयोगमा आएको खानेपानीका श्रोतहरु र वितरण प्रणाली विषयमा जानकारी गराउन आयोजित कार्यक्रममा दैलेख बजार खानेपानी उपभोक्ता समितिलाई पानी शुद्धता र उचित व्यवस्थापनमा ध्यान दिन सुझाव दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटा, दैलेख बजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष बलराम श्रेष्ठ लगायत सरोकारवाला निकायको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा दैलेख जिल्ला अस्पतालका ल्याव टेक्निसियन सुरेश दानी र सिअहेव धर्मराज जैसीले लामो अध्ययनबाट पानी शुद्धता राम्रो रहेको नतिजा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया