वातावरण संरक्षण सम्बन्धि छलफल

वातावरण संरक्षण सम्बन्धि छलफल

दैलेख– विश्व वातावरण दिवसका अवसरमा पलाँता गाउँपालिका वडा नं. २ मा वातावरण संरक्षण सम्बन्धि सरोकारवाला निकायहरुसँग छलफल गरिएको छ ।
‘स्वच्छ वायु, स्वच्छ जीवन’ नारा सहित आयोजित कार्यक्रममा सहभागिले वातावरण संरक्षणमा जोड दिएका थिए । पलाँता गाउँपालिका वडा नं. २ को आयोजना तथा एईआएन लक्जेम्बर्र्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा संचालित महिला युवा तथा बाल अधिकार प्रर्वद्धन (आधार) परियोजनाको समन्वयमा छलफल गरिएको हो ।
विरी विकको अध्यक्षतामा भएको कार्यक्रममा आमा समुह, महिला समुह, बाल क्लब, युवा क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया