दैलेखमा धान दिवस तथा रोपाई महोत्सब (फोटो फिचर)

दैलेखमा धान दिवस तथा रोपाई महोत्सब (फोटो फिचर)

आइतबार असार १५ गते, सरकारले राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको छ । सरकारले औपचारिक रुपमा कुनै दिवस नमनाउँदा पनि किसानले यसै दिनमा दही चिउरा खाएर असार १५ मनाउने गरेका थिए ।
धान दिवसको अवसर पारेर दैलेखको दुल्लु नगरपालिका १० नाविस्थानमा कृषि ज्ञान केन्द्र दैलेखले १६ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सब गरेको छ ।‘धान खेतीमा प्रविधि र यान्त्रिकिकरण: चामल आयातमा न्यूनिकरण भन्ने नारा सहित दिवस मनाइएको हो ।’

नाविस्थान कृषि सहकारी संस्थाको सहआयोजनामा खेतमा रोपाईं महोत्सव सञ्चालन गरिएको थियो । रोपाईंमा सहभागी हुन र हिलोको मजा लिन जनप्रतिनीधि, राजनीतिक दल, कर्मचारी तथा स्थानीय नागरिक गरी सयौं व्यक्ति सहभागी थिए ।

महोत्सवमा सहभागीहरु एक अर्कोलाई हिलो छ्याप्दै रमाईरहेका थिए । महोत्सव सुरु हुनभन्दा अघि पञ्चेबाजा सहित औपचारिक समारोह भएको थियो । महोत्सवमै दही चिउरा बाँडिएको थियो । महोत्सवमा प्रतिनिधी सभा सदस्य रिवन काटेर महोत्सवको उद्घाटन गरेका थिए ।

हेर्नुहोस् तस्वीरहरु

प्रतिक्रिया